समि

गनी गुरुङ्ग
फुल्पिङ डाडा ४ गुरुङ गाउँ सिन्धुपाल्चोक
                                                            .
पुरानो बसपार्क बाट सिनामंगल जाँदै छु।
झ्यालको सिटैमा बसेको छु। अगाडिको सुन्दरमान्छेको कपाल ठयाक्कै नाखमै ठोक्किएको छ,उसको त्यो कपालको बास्नाले स्कुल छुटने बेला छुट्टीमा घण्टी ठोके झै दिलमा घण्टी ठोक्नु थाल्छ खुसी भएको छु म तर ठिम्याउन सकेको छैन? कुन स्याम्पुले नुहाईछ? हटाउनु भन्दानी बास्नामा रमाउनु बहुतै आनन्द लाग्यो।दिलमा आएको हटाउनुन भन्ने शब्द बलैले रोकिदिए। “गुरुङ“ झस्के आकाशबाट धर्तीको सिस्नुको ज्याङमा झारिदिएको महसुस भयो आवाज आए तिर मुन्टो घुमाए त्यो अनुहार नदेखिएको कपाल वाली भन्दा बढि बास्ना बोकेर आएकी थिईन। उनि म सगै टासिएर बसि समि जो मेरो कलेज पढदा देखिको प्रेमी थिईन। आज मेरो दिल अध्यारो पारेर अरु कसैको घर उज्यालो पार्दै थिईन।सिर देखि पाउ सम्म हेरे त्यो कुर्था त्यो रातो लिबिस्टिक अनि त्यो गाजल सबै सुहाएको थियो। बस एउटै चिज उसको नामको रातो सिन्दुर अह पटक्कै सुहाएको थिएन। “ सन्चै छौ?“ उनी हास्दै बोली “ तिमिले सातु लिएर गयौ के सन्चो छु भनु ?“ “खै हात देउत म थुकिदिन्छु अनि आउँछ कि सातु “हास्दै बोली अझै उस्थै हासो जिस्किने बानी केहि चेन्ज देखिन। “अनि केछ मेरो जारको खबर ?“ “को जार“? उ सोध्छे? “ त्यो तिम्रो सिउदो भर्नी“ “ त्यो मुलाले मेरो सम्पति लगिदियो “म बोल्छु। अनि तिमी कैले आफ्नु खुट्टामा उभिन सकेनौ न जागीर न पैसा न सम्पत्ति छ। मुटुमै टुङ हानेउ “अब हेर्दै जाउ गुरुङको छोरा हु जार उठाउछु। “ ईश उठायौ“ सपना देखेर मात्रै हुन्न गुरुङ आफै पालिन त गारो छ।“ तिमिलाई डल्ले भन्दै कुमले हिर्काएउ उहीँ बानी उहीँ आदत दुखे पनि आनन्द लाग्यो उसले अझै पनि आफ्नै सोच्दो रै छ।जस्तो लग्यो “समि याद आउँछ अझै मेरो“? “ नाई अब त बाटो फरक भैसक्यो“। म झसङ्ग झस्किन्छु। “समि“ “हुम“ “एउटा कुरा सोधुम“? “एउटा मात्रै किन पचास ओटा सोधन“ उ खित्का छोडेर हास्छे। “ मैले भन्दानी बढी माया गर्छ तिम्रो उले?“ उ चुपचाप बस्छे अनुहार मलिनो बनाउछे सोच्छु अब चाई पक्कै बदलिए छौ। फोनको घण्टी बझ्छ उसले उठाईन उताबाट कुन्नि केके भन्यो निधो पाईन तर उसको अनुहार हेर्दा लाग्यो पक्कै उसको बुढाको फोन हुनु पर्छ। फोन राखी झन निहाउरो अनुहारले पिलिक्क मलाई हेरि “अब तिमी पनि बिहे गर “उसको अनुहार तिर पिलिक्क हेरे उसले मतिर हेर्ने हिम्मत गरिन फेरि उसको फोनको घण्टी बज्यो फोन उठाईन फेरि उताबाट गाली दिए झै लाग्यो उनी हस हस भन्दै थिईन। “ओई सारै गाली गर्छ र तिम्रो उसले ?“ म बोले आखाबाट झर्नै लागेको आँसु चिमचिम गर्दै जोडले बोली “भाइ यता छ है रोकिदेउ“ उनी उठिन मेरो खुट्टामा उसको खुट्टा ठोकियो सायद पहिला भको भय हास्थि होला यो पाली नहासी बोली “सरि है“ म नबोली मन्टो हल्डाए उनी झरी एक चोटि पनि फर्केर हेरिन सोचे धेरै बदलिए छ। झ्याललाई बन्द गरे खलासी भाइ चुपचाप लाग्यो म पनि बसको गितमा हराउन थाले तारा देबिको पुरानु गित “ फोहोर पालि खुसी फाट्यो तेस्लाई पनि मनले टाले,तेहि पाली माया फाट्यो तेस्लाई पनि मनले टाले यो पाली त मनै फाट्यो केले सिउने के ले टाल्ने हो



,
Lokpriyasamachar@. Powered by Blogger.