भोटेकोशीको आकर्षण बञ्जी, क्यानोनिङ र ¥याफ्टिङ

सिन्धुपाल्चोक जिल्लास्थित अत्यन्त साँघुरो गल्छी भएको भोटेकोशी नदीले आन्तरिक तथा विदेशी पर्यटकलाई बञ्जी (पुलबाट डोरीको सहायताले हाम्फाल्ने काम) र ¥याफ्टिङ(जलयात्रा) जस्ता साहसिक खेलमार्फत आकर्षित गरिरहेको छ ।
विसं २०७२ को भूकम्प अगाडि राम्ररी चलिरहेका ती खेल भूकम्प पछाडि सम्पूर्ण पर्यटन क्षेत्रमै आएको मन्दीसँंगै ह्रास आए पनि हाल आएर विस्तारै पुनर्जीवित हुन थालेका छन् ।
भोटेकोशी गाउँपालिका–१, पाङ्लाङस्थित द लास्ट रिसोर्टका महाप्रबन्धक भुवन शर्माले बञ्जी, ¥याफ्टिङजस्ता साहसिक खेलमा युवाको आकर्षण बढ्दै गए पनि भूकम्पपछि यसको व्यवसाय खस्केको र बाटोघाटोको अवस्था अझै पनि राम्रो हुन नसकेको बताउनुभयो । उहाँका अनुसार भूकम्प अगाडि ¥याफ्टिङ तथा बञ्जीमा ७० प्रतिशत विदेशी पर्यटक र ३० प्रतिशत नेपाली आउने गरेकामा भूकम्पपछि भने सो अनुपात उल्टो भई ७० प्रतिशत नेपाली र ३० प्रतिशत विदेशी हुने गरेको छ । “भूकम्पपछि देशको समग्र पर्यटन क्षेत्रमा परेको प्रभावसँंगै यहाँ पनि असर परेको छ”,उहाँले भन्नुभयो । ‘नेपालको पर्यटन केही महँगो भएकाले’ विदेशी पर्यटक अन्य देशका सस्ता गन्तव्यमा जाने गरेको बताउँदै उहाँले नेपाली युवा आन्तरिक पर्यटक भने यस क्षेत्रमा बढ्दै गएको जानकारी दिनुभयो ।
यस क्षेत्रमा साहसिक खेल बञ्जी, ¥याफ्टिङ, रक क्लाइम्बिङ, क्यानोनिङ ( छाँगावरोहण), एब्सेलिङ (अवरोहण) आदि गराइन्छ । भोटेकोशी गाउँपालिकाको प्याङ्थली र पाङ्लाङबीच भोटेकोशीको साँघुरो गल्छीमा बनेको पुलबाट बञ्जी जम्प तथा भोटेकोशीमै ¥याफ्टिङ पनि गराइन्छ । द लास्ट रिसोर्टका महाप्रबन्धक शर्माले सन् १९९९ मा न्यूजिल्याण्डका नागरिक डेभिड एल्लरडाइसले धेरै वर्ष भोटेकोशीमा ¥याफ्टिङ गर्ने सिलसिलामा यसको परिकल्पना गरी नेपाली पर्यटन व्यवसायी विष्णु न्यौपानेसहितले बञ्जी पुलको निर्माण गरेको बताउनुभयो । एल्लरडाइसको सन् २०१३ मा निधन भैसकेको छ । उहाँको निधनपछि उहाँकी पत्नी लुइसले यसको सञ्चालन गर्दै आउनुभएको छ । द लास्ट रिसोर्ट पनि पाङ्लाङमा डेभिडले नै स्थापना गर्नुभएको हो । क्यानोनिङ भने डेभिडका मित्र अष्ट्रियाका एलेक्स शुटरले नेपालमा शुरु गर्नुभएको हो ।
भोटेकोशी पुलबाट डरलाग्दो भोटेकोशीको गल्छीमा डोरीको सहायताले हाम्फाल्न नेपाली युवा निकै आकर्षित हुँदै गएका छन् । यसलाई साहस प्रदर्शन गर्ने अवसरका रुपमा उनीहरु लिन्छन् । तिनले पुलबाट हाम्फालिसकेपछि जीवनमै ठूलो साहस प्रदर्शन गरेको उपलब्धिका रुपमा लिने गरेका छन् । भोटेकोशीको बञ्जी एशियाकै सबैभन्दा अग्लो ठाउँबाट गरिने बञ्जी भएको जिकिर गरिएको छ ।
बञ्जी जम्पमा मुख्य याममा अधिकतम ८०÷९० र अन्य दिनमा ५०÷६० जनाले भाग लिने गरेको बन्जी तथा क्यानोनिङका गाइड रामकुमार कार्कीले बताउनुभयो । मङ्गलबार बञ्जी जम्प गर्ने अधिकांश पत्रकारले शुरुमा डर लाग्ने तर तीन चार सेकेण्डपछि नै सो डर आनन्दमा परिणत हुने अनुभव सुनाए । उच्च रक्तचापको समस्या भएका, ठूलो रोग वा घाउचोट भएका, गर्भवती तथा चिकित्सकको निगरानीमा रहेका मानिसले भने बञ्जी जम्प गर्न नहुने जनाइएको छ ।
खुट्टामा बञ्जीको डोरी बाँधी ‘हार्नेस’ लगाएर हाम्फाल्न लगाइन्छ भने पछि डोरीकै सहायताले तल खोला छेउ पुगेको मानिस माथि आउँछ । भूकम्प अगाडि भने माथि आउने प्रविधि नभएकाले खोला किनारमा अवतरण गरेर १५÷२० मिनेटको उकालो चढी माथि आउनुपर्ने बाध्यता थियो । भूइँचालाले बाटो बिग्रेकाले माथि उक्लन डोरीबाट माथि तानिने नयाँ प्रविधि भित्र्याइएको छ ।
यहाँ गराइने अरु साहसिक खेल रक क्लाइम्बिङ(चट्टान आरोहण), एब्सेलिङ(रुख चढेर झर्ने काम ) र क्यानोनिङ छन् । यहाँ सानो भीरको चटृान चढ्ने आधारभूत अभ्यास पनि गराइन्छ । यसमा डोरीको सहायतामा झुण्डिएर सानो पहरामा चढाइन्छ ।
यहाँको अर्को मुख्य आकर्षण क्यानोनिङ रहेको छ । पाङ्लाङस्थित पाङ्लाङ खोलाका आठ छहरामा कूल १५७ मिटरमा क्यानोनिङ (छाँगावरोहण) गराइन्छ । यसअन्तर्गत डोरी कम्मरमा बाँधेर त्यसकै सहायताले डोरी अलिअलि छाड्दै डरलाग्दा छाँगा र छहराबाट तल झरिन्छ । झर्ने क्रममा छाँगाको पानीले पूरै भिज्ने तथा छाँगाको पानीको बहावले शरीरमा हान्ने गर्छ । यसबाट छाँगावरोहणकर्तालाई साहस प्रदर्शन गर्दै छाँगासंँग खेल्दै तल तल झर्ने क्रममा आनन्द मिल्छ ।
ती छहरामध्ये सबैभन्दा अग्लो छाँगो ४५ मिटरको रहेको छ । क्यानोनिङका लागि विशेष प्रकारको क्यानोनिङ सुट लगाउनुपर्छ जुन बाक्लो र शरीरमा कसिलो गरी टाँसिएको हुन्छ । क्यानोनिङको समाप्ति भोटेकोशी नदी नजीकै हुन्छ भने झर्ने काम सकेपछि त्यहाँबाट उकालो हिँडेर आउनुपर्ने हुन्छ । क्यानोनिङका लागि भने १०÷१५ जनाको समूहलाई करीब दुई घण्टाभन्दा बढी समय लाग्छ । धेरै छाँगा भएकाले यसमा आफ्नो सीप प्रदर्शन गर्दै फरक फरक छाँगाको विविध अनुभव र आनन्द लिने अवसर मिल्छ । टोलीमा सम्मिलित अधिकांश पत्रकारले क्यानोनिङको आनन्द लिएका थिए ।

यस्तै अर्को साहसिक खेल एब्सेलिङ हो । गाउँमा रुखबाट घाँस झार्न बानी परेका युवालाई खासै नौलो नभए पनि शहरी बासिन्दालाई भने भ¥याङ (ज्याकोब्स ल्याडर) बाट रुख चढेको आनन्द लिई रुखमा बनेको मञ्चबाट पुनः डोरीको सहायताले अर्कातर्फ सुरेली खेल्दै झर्नु नै एब्सेलिङ हो । यसका लागि यहाँ रुखमा करीब २१ मिटर चढी करीब २४ मिटर तल झर्ने गरी बनाइएको छ ।
रिसोर्टका महाप्रवन्धक शर्मा यी सबै साहसिक खेललाई व्यवस्थापकीय सीपसित जोड्नुहुन्छ । व्यवस्थापनको टिम विल्डिङसंँगै जोडी कुनै
पनि कुरामा जोखिम मोल्ने र व्यावसायिक सफलता प्राप्त गर्ने कुरामा यस्ता खेलले सहयोग गर्ने उहाँ बताउनुहु्न्छ । यी खेलमा डर मिसिएको हुन्छ तर साथीभाइको प्रोत्साहन र करकापले भाग लिने र आनन्द लिने अवसर मिल्छ ।
यहाँ बञ्जी गर्न चाहने नेपाली पर्यटकले रु छ हजार ३०० र विदेशीले १०८ डलर तिर्नुपर्ने हुन्छ । क्यानोनिङमा भने नेपालीलाई रु चार हजार २०० र विदेशीलाई ६० डलर शुल्क लाग्छ । महाप्रबन्धक शर्माले आन्तरिक पर्यटकका लागि बञ्जी तथा क्यानोनिङलगायत गराउने गरी रु १२ हजारको प्याकेजमा दुईदिनको सेवा दिइने बताउनुभयो । रिसोर्टमा एक पटकमा ४४ जनासम्म बस्न सक्छन् ।
पाङलाङमा डेभिडले स्थापना गरेको रिसोर्टमा ५६ र काठमाडौँ कार्यालयमा १२ जनाले रोजगारी पाएका छन् । यहाँका कामदार अधिकांश स्थानीयवासी छन् ।
सहजकर्ता नविला बानुले आपसी एकता र सहयोगले काम गर्न सहज हुने बताउनुभयो । सञ्चारकर्मी तथा पर्यटन अभियानकर्मी विष्णुकान्त घिमिरेले भूकम्प पछाडिको अवस्थामा यस क्षेत्रको पर्यटन प्रवद्र्घनका लागि प्रचारप्रसारको आवश्यकता रहेको बताउनुभयो । पत्रकारलाई रामकुमार कार्की, विश्व बजगाईं, भोला श्रेष्ठ, रमेश कार्कीलगायत गाइडले क्यानोनिङलगायतमा सहयोग गर्नुभएको थियो ।
महाप्रबन्धक शर्माले भूकम्पपछाडि भत्किएका सडकमा सुधार हुन नसकेको र तातोपानी नाका नखुलेकाले बाधा परिरहेकामा सो सुधार भई नाका खुला र सरकारबाट सडक तथा अन्य पूर्वाधारका लागि काम हुन सके यहाँको पर्यटन गतिविधि निकै बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।  रासस

,
Lokpriyasamachar@. Powered by Blogger.