बाल दिवसको अवसरमा हाजिरीजवाफ

अन्तराष्ट्रिय बाल दिवस २०७५ को अवसरमा हिजो आधारभुत बिद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा मेलम्ची नगरपालिका वडा नम्बर ६ र ७ का ६ बिद्यालयहरु सहभागी भएका थिए ।
हिजो मेलम्ची नगरपालिका ६ तालामाराङमा रहेको तेर्से माध्यामिक बिद्यालयमा भएको प्रतियोगितामा बाल सुधार माध्यामिक बिद्यालयले प्रथम स्थान हाँसिल गरेको छ । त्यस्तै बतासे माध्यामिक बिद्यालय द्धितिय तथा तेर्से माध्यामिक बिद्यालयले तृतिय स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुन सफल बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले पुरस्कार स्वरुप शैक्षिक सामाग्रीहरु बितरण गर्नु भएको छ  ।
कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, उप प्रमुख भगवती नेपाल, वडा नम्बर ६ का वडा अध्यक्ष जित राज थापा लगायत अन्य बिद्यालयका शिक्षकहरुको उपस्थितीमा सम्पन्न भएको तेर्से माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण ढुंगानाले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.