सम्मेलनका लागि सरोकारवालाको चासो बढ्दै

सिन्धुपाल्चोक जिल्लामा हुन लागेको जलबायु सम्बन्धी राष्ट्रिय सम्मेलनका लागि सरोकारवालाहरुले चासो देखाउँन थालेका छन् ।

आगामी महीनामा हुने जलबायु परिबर्तनका सम्बन्धमा हुने राष्ट्र्यि सम्मलेनको तैयारी स्वरुप जिल्ला सम्मन्वय समितिले बिभिन्न छलफल हरु गर्न थाले लगत्तै सरोकारुवालाहरुले पनि यसप्रति चासो देखाएका हुन ।
जिल्ला समन्वय समितिको  कार्यलयमा हिजो बसेको पालिका प्रमुखहरुको बैठकले सम्मेलनका लागी प्रत्यक पालिकाबाट दुइ लाखका दरले जिल्ला सम्मन्वय समितिलाई सहयोग  गर्ने भएका छन् ।
सम्मेलन गर्नका लागी उपयुक्त स्थानको खोजी गर्न जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गको बिशेष पहल कदमीमा उँहाकै नेतृत्वमा कँहा कसरी गर्ने भन्ने बिषयमा भुर्गबिद इन्जीनीयर दिपक सापकोटा गाँउपालीका महासंघका महासचिब तथा इन्द्रावती गाउँपालीका अध्यक्ष बंशलाल तामाङ्ग मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाम्पालका अध्यक्ष टासी लामा नेकपाका अध्यक्ष झम्क नेपाल लगाएतका राजनीति दलका नेताहरु समाजसेबी तथा सरोकारवाला ब्यक्तीहरु समेतका टोलीले सम्भाबति स्थानहरुको अध्ययन तथा अनुगमन गरेको थियो ।
अनुगमनका समूहले हेलम्बु गाँउपालिकाको शेर्माथान लगाएत जिल्लाको प्रशिद्ध स्थलहरुको समेत अनुगमन गरेको थियो ।

खाश गरी इन्द्रावती गाँउपालिका मेलम्ची नगरपालिकाका र पाँचोपोखरी थाम्पालको बिच भागमा पर्ने नौलिङ्गेश्वर गुफाडाँडामा सम्मेलनको सम्भाबना रहेको अनुगमनमा रहेका एक सदस्यले बताउँनु भएको छ ।
आधिकारिकता भने भएको छैन उपर्युक्त स्थानको छनौट गरेर छिटैै निर्णयमा पुग्नका लागी जिल्ला सम्मन्वय समितिले बिभिन्न अन्तरक्रिया तथा बिभिन्न समुहहरु पालिकाका प्रमुख, जिल्ला स्थित कार्यलयहरु बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधीहरु बिच छलफल चलाइ रहेको छ ।
यो सम्मेलनले सिन्धुबासहरुको शिर अझ उच्च रहने र सिन्धुपाल्चोकको एतिहासिक पहिचानका लागी समेत बिशेष भुमिका खेल्ने भएकाले यो सम्मेलन एैतीहासिकरुपमा भब्यताका साथ सम्पन्न गर्न सबै लागि पर्नुपर्ने जिल्ला समन्वय समितिका सदस्य सुकन्तला माझीले बताउनुभयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.