एउटा समाजको यथार्थ घटना गीतिकथा ‘बेसहारा’


काठमाडौं । मुलुकमा गरिबी कारण विभिन्न घटनाहरु घटिरहेका हुन्छन् । त्यही गरिबीभित्र जरो गाडेर बसेको वैदेशिक रोजगारी पछिल्लो समय विकराल बन्दै गएको छ । साहुको ऋण तिर्न नसक्ने, छोराछोरीको लाज ढाक्न नसक्ने, दिनभरि काम गरेर बेलुका छाक टार्ने परिवार मुलुकभित्र अझै धेरै छन् । त्यही घटनाक्रमभित्रको एउटा परिवारको कथालाई गीतिकथाका रुपमा बजारमा ल्याइएको छ ‘बेसहारा’ ।

बेसहारा गीतिकथा निर्देशक, संगीतकार नारायण रायमाझीको प्रमुख आतिथ्यता बेसहारा गीति गीतिकथाको सार्वजनिक गरिएको थियो । कार्यक्रममा गीतिकथाको भिडियो हेरेर सबैले समाजको यथार्थता भएको बताएका थिए । रायमाझीले एउटा गरिब परिवारले भोगेको कथालाई झलक संगीतम्ले भिडियोमा उतार्न सफल भएको बताएका थिए । बाल गायक सक्सेस पाण्डेको स्वर र बाल कलाकार अभिनित चौलागाईंको अभिनयले आफूलाई छोएको बताएका थिए ।
कार्यक्रममा गीतकार संगीतकार नेत्रलाल पाण्डेले भावविह्वल हुँदै आफ्नो वैदेशिक यात्राका दुःख सुनाएका थिए । ‘जीउँदै छँदा आमा बाबाको लागि केही गर्न सके मात्र त्यो सन्तानको कर्तव्य हुनेछ मरेपछि दिएको पिण्डदान पाउँछन् कि पाउँदैनन्’, पाण्डेले भने ।
भिडियोमा देशको माटोलाई सुहाउने तथा गाउँ समाजमा घटेका घटनालाई यथार्थ रुपमा उतार्ने मौलिक गीतिकथामा आधारित गीत भने कमै मात्रामा भित्रिने गरेका छन् । हाम्रो देशमा धेरै घटना घटिरहेका छन् । गरिबी र हाम्रो मुलुकमा मानिसलाई  अनेक थरिका बाध्यता हुने गरेको छ । त्यहि गरिबीले गर्दा मानिस बिदेशिन बाध्य भएका छन् । त्यहि गरिबीको कारण ज्यान समेत जाने गरेको छ । यदि गरिबी हुन्थेन भने साहुसँग ऋण लिएर विदेश जान कसैलाई पर्दैन थियो । विदेश जान बाध्य भएपनि कतिपय दलाल हरुले बिचमै पैसा खाएर फसाउने र गरिबलाई धम्कि दिँदै विभिन्न यातना भोग्न बाध्य धेरै मानिस छन् । यस्तै घटना र विषयवस्तुलाई गीत मार्फत उतार्ने कलाकार बिरलै यस नेपाली सांगीतिक क्षेत्रमा भेटिन्छ ।

झलक संगीतम कै सभापतित्व रहेको सोही कार्यक्रममा विभिन्न मिडियाका पत्रकार हरुको पनी बाक्लो उपस्थिति रहेको थियो । दर्जनौं पत्रकार, सम्पूर्ण अतिथिहरु र सोही गीतका कलाकारहरुबीच गीतको भिडियो हेर्दा धेरैको आँखाबाट आँशु समेत रसाएका थिए । सोही गीत साचिकै गीत मात्रै नभएर एउटा छुट्टै खालको देशमा अहिले घटिरहेका घटनालाई भिडियोको कथामा प्रष्ट पारिएको छ ।
गीतिकथामा झलक संगीतमको एरेन्ज, निर्देशन तथा कथा परिकल्पना रहेको छ । नन्दा बस्याल, अभिनित चौलागाईं, अर्जुन बिसी, नुमाकान्त पाण्डे, कृपा पाण्डे, राज कुटाली, जय शम्भु, लिला निश्चल र राम ब. बिकको अभिनय रहेको छ । शम्भु चालिसे र मधुर बस्नेतको छायांकन, मिलन बिक र विष्णु शर्माको सम्पादन तथा बि स्टार फिल्मस् प्रालिले भिडियो दृश्य निर्माण गरेको छ । कार्यक्रमको सुरुवातमा बालगायक सक्सेस पाण्डेले गीत गाएर सुनाएका थिए ।

,
Lokpriyasamachar@. Powered by Blogger.