फोहोरको बजार बन्दै बाह्रबिसे

सुरेश तिमल्सिना/जिल्लाको बाह्रबिसे नगरपालिका एउटा प्राकृतिक रुपले धेरै गुज्रिएको स्थानको रुपमा चिनिन्छ । कहिले भुकम्प, कहिले बाढीपहिरो त कहिले मौसमी प्रभाव यी समस्यालाई केही मात्रामा पन्छाए पनि पुन अर्को त्यस्तै समस्या थपिन्छ ।
आजको उल्लेखित विषयमा न मौसमले प्रभाव पार्दछ न प्रकृतिले, न त मानवले नै, त्यो पनि सकारात्मक काम गर्ने मानव वा समुदायले । फोहोर, सम्झनुस् तपाई कस्तो हुन्छ ? के के समस्या ल्याउछ ? त्यो सबैले जानेको र भोगेको कुरा हो तर जुनसुकै व्यक्ति पनि म फोहोरी बनँु, मेरो घर वरिपरि फोहोर राखुँ अनि मलाई रोग लागोस् भन्ने सोच्न सक्दैन सायद त्यो म पनि किन नहोउँला र ?
केही समय बाह्रबिसे बजारलाई फोहोर मुक्त बनाउन यिनै पत्रकार हातमा झाडु लिएर निस्किरहेका छन । यसै सिलसिलामा वि.सं. २०७५ साल जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर सरसफाइ कार्यक्रम पनि गरेका थिए । जुन कार्यक्रम पहिलो चरणको रह्यो । पछि पुन यसलाई दोहो¥याएर फोहोर हटाउने भन्दा पनि फोहोर नै नगरौ भनेर निस्किए अनि प्लाष्टिक जन्य वस्तुको प्रयोग नै नगरौ भन्ने सोचलाई अघि सारे उनै पत्रकारले तर योे सोच सोच मात्रमा सीमित हुदैछ ।
नगरपालिकाको सहयोगबाट सरसफाई कार्यक्रम भैरहेको छ तर आज त्यही नगरपालिकाले नै बाह्रबिसे नजिक करिब २ सय मिटर नजिकको महभिर भन्ने स्थानमा फोहोरको भण्डार बनाइरहेको छ । बाह्रबिसे बजार जाँदा ठाँउ ठाँउमा रंगीचंगीका डस्बिन ‘फोहोर मलाई’ लेखेर राखिएको छ  । त्यस्तै डस्बिनमा फोहोर राखेर त्यहाँका स्थानीयले आफ्नो कर्तव्य त पुरा गरेको छन् तर नगरपालिकाले भने त्यही फोहोर गाडीमा हालेर महभिरमा लगि फालिरहेको छ । महभिरको अगाडि रहेको सुनकोशी नदि अनि ‘कफेश्वर महादेव’को मन्दिरले सोचिरहेको होला, अनि जनैपूणिर्माको दिन त्यही सुनकोशी नदिमा आफू सुद्ध हुन नुहाउने मानव कसरी सुद्द हुन्छन् ? यो विषय बाह्रबिसेबासीको मात्र नभएर सारा सिन्धुबासीको गुनासोको विषय बनेको छ अहिले ।
फोहोरको प्रभाव दिनानुदिन बढी रहेको छ । काठमाडौ–बाह्रबिसे आवात जावत गर्ने नागरिक अहिले बिरामि परिएलाकि भनेर मुख छोप्दै यात्रा गरिरहेका छन् तर नगरपालिकाले भने फोहोर फाल्ने प्रविधिलाई प्राथमिकता दिइरहेको छ । यदि नगरपालिकाले अन्य स्थानसँग एक्यबद्धता जनाएर फोहोर फाल्न्ने छुट्टै क्षेत्र निर्माण गर्ने हो भने यस्ता समस्या तत्काल रोक्न सकिन्छ ।
त्यसैले यस्ता स्थानमा नगरपालिकाको मात्र नभएर सबै सरकारी तहको ध्यान जाओस् ।

,
Lokpriyasamachar@. Powered by Blogger.