रोजगारीको लागि उद्योग सञ्चालन

 
बिदेशिदै गरेको युवाहरुलाई स्वदेशमा नै उद्योग सञ्चालन गरेर रोजगारको व्यवस्था गर्न सबै लागिपर्न पर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताउँनुभएको छ ।
आम्दानी मूलक रोजगारीको आधार, सवल र सक्षम औद्योगिक पूर्वाधार भन्ने मुल नाराका साथ तेश्रो उद्योग दिवशको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका तर्फबाट बोल्दै उहाँले यस्तो बताउँनुभएको हो । घरेलु तथा साना उद्योग विकास समिति  सिन्धुपाल्चोकद्धारा आयोजित अन्तर क्रिया कार्यक्रममा बोल्दै अधिकारीले गाँउगाँउमा रोजगारको ब्यबस्था गर्न उद्योग क्ष्ेत्रले खेल पर्ने भुमिका महत्वपुर्ण रहेकोले स्थानीय स्तरमा हुने साना तथा ठुला उद्योगहरु सञ्चालन गरेर स्वारोजगारको ब्यबस्था गर्न पर्ने र  स्थानीय युवाहरुलाई उद्योग बिकाशमा बिशेष प्राथमिकतामा राखेर कामगर्न पर्ने बताउँनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले  स्थानीय आयश्रोत भनेकै स्थानीय स्तरका उद्योगहरु हुन् । जिल्लामा हरेक गाँउपालिका तथा गाउँहरुमा स्थानीय स्तरमा उत्पादन हुने वस्तुको उत्पादन गरी बजारिकरण गरेर स्थानीय उद्यमीहरुलाई प्राथमिकतामा राखेर जिल्ला समन्वय समितिले काम गरिरहेको बताउँदै  मुलुकमा विकास गर्नका लागि उद्योगको ठूलो भूमिका भएकोले यो भुमिका निर्वाह गर्नका लागि साना ठुला सबै खाले उद्योगलाइ ब्यबस्थित गरेर सञ्चालन गर्न पर्ने बताउँनु भयो ।  बिकशित मुलकहरुमा हेर्दा उद्योग हरुको बिकाश भए पछी मात्र मुलुक बिकशीत तर्फ लागेको देखिन्छ ।
त्यसैले उद्योगलाइ  बिशेष प्रथमिकतामा राखेको बताउँनु भयो । उहाँले आगामी पौष १६ र १७गते सिन्धुपाल्चोकमा प्रदेशका माननियहरु मन्त्रीहरु सबै जिल्लाका प्रमुखहरुको उपस्थितीमा गुम्बा डाँडामा  प्रधानमन्त्रीद्धारा सम्बोधन हुने  जलबायु परिबर्तन राष्ट्रिय सम्मलेनमा आआफनो उद्योगबाट उत्पादन भएका सामाग्रीहरु समेत प्रदर्शनमा राख्न सकिने बताउानु भयो त्यसका लागी समितीमा सम्पर्क राख्न समेत सबैलाइ आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख उद्योग अधिकृत कल्पना शर्मा अधिकारीले  औद्योगिक विकासमा घरेलु तथा साना उद्योग विकास समितिको भूमिका  बिषयमा प्रकाश पार्दै लघु, घरेलु तथा साना उद्योगको स्थापना, विकास एवं विस्तार गरी स्वाबलम्बी, समुन्नत एवं समृद्ध नेपालको निर्माण गन मुख्य उद्देश्य रहेको बताउँनुभयो । सरकारी तथा निजी क्षेत्रबाट उपलब्ध श्रोत र साधनको भरपुर परिचालन गर्दै लघु, घरेलु तथा साना उद्योगको माध्यमद्वारा स्वदेशी सीप र कलाको प्रवद्र्धन, रोजगारीका अवसरको श्रृजना र आत्मनिर्भरतामा अभिबृद्धिका साथ समग्र आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्य रहेको बताउँनु भयो ।
उहाँले विभिन्न किसिमका औद्योगिक सीप तथा व्यवस्थापकीय तालिम दिने, उद्योगीहरुलाई ऋण लगानी गर्ने, उद्योगहरुको स्थापना तथा उत्पादन विक्री वितरण गर्ने, नेपाल भित्र तथा नेपाल बाहिर स्वदेशी उत्पादनको विक्री कक्षा खोल्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी, सभा–सम्मेलन तथा अध्ययन भ्रमणहरुमा भाग लिने औद्योगिक प्रदर्शनीको आयोजना गर्ने तथा उत्कृष्ठ उद्यमीलाई पुरस्कृत गर्ने  लगाएतको उदेश्य रहेको बताउँनु हुदै  घरेलु तथा साना उद्योग विकास समितिले उद्यमी विकास उद्योग प्रवद्र्धनउद्योग वाणिज्य प्रशासन परामर्श सेवा महिला उद्यमी विकाससाझेदारी कार्यक्रम  गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)   रोजगारीका लागि सीप परियोजना  स्थानिय निकाय साझेदारी  पछाडी परेका महिला तथा वालीकाहरुको लागि कार्यक्रम युवाहरुको लागि उद्यम कार्यक्रम  भगतसर्वजीत  लगाएतका कार्यक्रमहरु गरिने बताउँदै उद्योग सञ्चालन गरेर काम गर्न तथा गाँउमा उत्पादित बस्तुलाइ उत्पादनमा लगाउँनका लागी बिशेष कार्य गरेर बजारिकरणको लागी समेत ब्यबस्थाका लागी सहजी गरिने बताउँनु भयो कार्यक्रम  जिल्ला सम्मन्वय समिती सभाहलमा भएको थियो। कार्यक्रमको संञ्चालन शाखा अधिकृत राजेश्वरी शाहीले गर्नु भएको थियो भने जिल्ला स्थित उद्योमी हरुको उपस्थिती रहेको थियो ।
उद्योगमा सहभागीहरको प्रश्नको उत्तर दिँदै अधिकृत कल्पना शर्मा अधिकारीले करदाता नम्बर लिँदा कर नलाग्ने तर कारोबारका आधारमा मात्र सरकारले कर लिने गरेको स्पस्ट पार्दे स्थानीय सरकारको निर्णअनुसार लाग्ने भएमा  त्यो स्थानीय सरकारको अधिकार भएकाले स्थानीय सरकार साँग सम्मन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । देशै भरी ७७  जिल्लामा मनाइने यो दिबश सिन्धुपाल्चोकमा  पनि मनाइएको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.