‘सरकारले जनताका चाहना पूरा गर्न सकेन’

नेकपाको नेता तथा पुर्ब मन्त्री माननीय संसद अग्नी प्रसाद सापकोटाले  सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरि काम गर्न नसकेको बताउँनु भएको छ ।
उँहाले वर्तमान सरकार नेपालको शक्तिशाली सरकार भएकाले बिगतको कामको निरन्तरतामा क्रमभंगता हुनुपर्दथ्यो भन्ने आफूहरुको चाहना रहेको ‘तर, पनि यो सरकार विगतकैजस्तो निरन्तरताको लागि भएको महशुस भएको बताउँनु भयो । उँहाले उक्त कुरा उँहाले रिपोर्टसक्लब काठमाडौले क्लबमा  आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउँनु भएको हो ।

उँहाले सो अबशरमा  ‘जनताले त सुशासन, भ्रष्टाचारलाई कारबाही गर्ने कुरामा क्रम भंगता खोजेका थिए । तर, जनताले चाहेजस्तो सरकारले गर्न सकेन जनताका चाहनाअनुसार काम गर्नुपर्छ भन्नु हुँदै जनताले चाहे बमोजिम सरकारले काम गर्न सकेन भने त्यो सरकार जती सुकै शक्तीशाली भए पनी अर्थ नरहने बताउानु भयो । 
आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेकपाका नेता सापकोटालेपार्टीका केही शीर्ष नेताहरु विदेश भ्रमणमा रहेको र प्रधानमन्त्री ओली पनि अस्वस्थ भएकाले सचिवालय र स्थायी समिति बैठकहरु बस्न नसकेको बताउँनु भयो । उँहाले अब बस्ने सचिवालय बैठकमा सरकारबारे समिक्षा हुने बताउँनु भयो । पार्टी एकताका बारेमा धारणा राख्दै  पार्टी एकताको काम प्रगतितर्फ उन्मुख भएको र करिब  ८० प्रतिशत काम सकिएको समेत बताउँनु भयो । सरकार रणनीतिक महत्वका काम गर्न भने पूर्ण सफल भएकोे दाबी गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई उचाई प्रदान गर्न, द्धिपक्षीय सम्बन्धलाई गुणात्मक बनाउन सरकारले महत्वपूर्ण रणनीतिक महत्वका काम सम्पन्न गरेको बताउँनु भयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.