अरियालकाकारण १ बालककोमृत्यु सुरक्षका लागी समिती गठन



सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ टारमा अरिँगालले चिल्दा १ जना बालकको मृत्यू  भएको समचार प्राप्त भएको छ । प्राप्त समचार अनुसार गोल्मेश्वरी आधारभुत बिधालयको बाल कक्षामा पढ्ने ४ वर्षीय पुजन खत्रीको मृत्यू भएको हो । घाइते हुनेमा भिम बाहादुर अधिकारीका वर्ष ४ का छोरा सम्राट अधिकारी तथा निर्मल खलाँसीकी वर्ष ४ कै छोरी निस्मा भुजेल रहेका छन् ।

सोमबार दिउँसो साँढे १ बजे तिर टिफिनको समयमा बिद्यालय नजिकैको रुखमा भएको अरिँगालको गोलोबाट अरिँगाल आएर चिल्दा पुजनको घटना स्थलमै मृत्यू भएको बिद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । घाइते भएका सम्राट अधिकारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि घर फर्किएको छ भने निस्मा भुजेलको काठमाडौ स्थित मेडीकल कलेजमा उपचार भइरहेको बिद्यालयले जनाएको छ। यसै बिच  मेलम्ची नगरपालिकाभित्र आपराधिक गतिविधिलाई न्यूनीकरण गराउनका लागि नगर स्तरीय समुदायक प्रहरी समिति गठन भएको छ । सोमबार मेलम्चीमा सम्पन्न एक भेलाले मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीको पहलमा स्थानीय जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र नागरिक समाजका अगुवाको भेलाले समुदाय प्रहरी नगरस्तरीय समिति गठन गरेको छ ।नगरप्रमुख डम्बर अर्यालको संयोजकत्वमा गठन भएको समितिले हट लाईन टेलिफोन सेवा विस्तार गरी आपराधिक गतिविधिको तत्काल जानकारी लिई आपराधिक गतिविधि न्यूनिकरण गरी समाजमा अमनचयन कायम गरिने सहमति भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.