राष्ट्र वहस(२०७५) सम्पन्न

डिबेट नेटवर्क नेपालको आयोजनामा नेपालीभाषाको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक वादविवादकालागिउचितमञ्चप्रदान गर्ने उद्देश्यका साथ शुरु भएको राष्ट्र वहस(२०७५) प्रतियोगितायहि सोमबार  सम्पन्नभएको छ ।
काठमाडौको साइमकलेजमाकात्तिक ३० देखि मंसिर २  सम्म चलेको बेलायती संसदीय पद्धतिको उक्तप्रतियोगिको मुख्यविधाको उपाधिदिपशिखा घिमिरे र सविश्र कडेलको टिम अतिरञ्जिलले हातपारेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ठ वक्ताऋषव सापकोटा र सर्वोत्कृष्ठ निर्णायकमिलनविश्वकर्मा घोषित भएका छन् । साइमकलेजको सह(आयोजना र ३२ टोलि वहसकर्ताको सहभागिता रहेको उक्तप्रतियोगिताको मुख्य निर्णायकप्यानलमा डिवेट नेटवर्क नेपालको सञ्चालक सदश्यतथाप्रवन्धनिर्देशकनिश्मागौतम र डिवेट नेटवर्क नेपालका सञ्चालक सदश्यविपुल पाण्डे रहेका थिए ।
नेपालमा नेपालीभाषाको संसदिय पद्दतिमा वहशहुनुले भविश्यमाउत्कृष्ठ राजनितिज्ञ जन्माउन मद्दत पुग्ने कुरामाआफु विश्वसत रहेको डिवेट नेटवर्क नेपालकाअध्यक्ष राज खरेल बताउछन् । , सेन्जेभियर कलेज बाट समाजीककार्य बिषयमा स्नातक सकेका खरेल नेपालमायूवाहरुले राजनितिलाइ मन नपराउनुमाबहसको संस्कार नहुनु पनिमुख्य कारक रहेकोले यस्ता फरक प्रकारका वहस प्रतियोगीताले यूवाहरुको  राजनितिप्रतिको घट्दो विश्वास लाई हटाउन, बहसको संस्कार संस्थागतहुन जरुरी रहेको बताउछन् ।
प्रतियोगिताका संयोजक  रहेका पदम रेग्मीले  नेपालीभाषामातर्कसंगत बहस वैचारिक वादविवादकालागिउचितमञ्चप्रदान गर्ने उद्देश्यका साथविगत चार वर्षदेखि निरन्तररुपमा डिवेट नेटवर्क नेपालले संसदिय पद्दतिमा विभिन्नकिसिमकावहस कार्यक्रमहरु आयोजना गराउँदै आएको बताए । डिवेट नेटवर्क नेपालले सन् २०१४ देखि नेपालमा संसदिय पद्दतिमा वहस गराउँदै आइरहेको छ । 


Lokpriyasamachar@. Powered by Blogger.