लुकुङ खोलाको लेखापरीक्षण सम्पन्न

मेलम्ची नगरपालिका ८ मा पर्ने मान्टासी लुकुङ खोला सिँचाइ उपभोक्ताको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ ।
हेल्भेटास नेपालको जिबिकोपार्जन योजना अन्तर्गतको सहयोग तथा सि डि इ सि एफको साझेदारीमा करिब ३२ लाखको लागतमा सम्पन्न कुलोको आज सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो । मेलम्ची नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष ठंकराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेल्भेटास नेपालका सामाजिक लेखा परिक्षण अधिकृतहरु मुकेश ढकाल र हिक्मत कटुवाल तथा प्राबिधीक प्रेम खड्काको उपस्थिती रहनुभएको थियो ।
९८ किसानका ४०० रोपनि जग्गामा सिंचाई हुने करिब ३ किलोमिटर लम्बाई रहेको कुलोमा ३६० मिटर डबल आर सि सि हुनुपर्नेमा मापदण्ड अनुसार उक्त बजेटमै ४४० मिटर डबल आर सि सि गरिएको बिभिन्न ठाउँमा वालहरु उठाइएको प्रतिबेदन उपभोक्ता समितीका अध्यक्ष डण्डुल तामाङले प्रस्तुत गर्नुभएको थियो ।
गएको चैत्र महिनाबाट सुरु गरिएको काम ६ महिनामै सकाउनुपर्ने भएपनि वर्षाका कारण केही समय काम रोकिएकाले कार्तिक महिनाको अन्त्यमा काम सकिएको थियो । कार्यक्रमका प्रमुख अतिथी गिरीले संस्थाको सहयोगले बनेको कुलोमा भबिष्यमा गएर अत्याबश्यकीय सहयोगको लागी वडाको लागी आएको मर्मत सम्भार कोषको रकम बाट पनि सहयोग गर्न वडा तयार रहेको बताउनुभयो ।
त्यस्तै सहयोगी संस्था हेल्भेटासका सामाजिक लेखा परिक्षण अधिकृत हिक्मत कटुवालले अब कुलो निर्माण भइसकेपछि यसको संरक्षणमा उपभोत्ताहरु सबै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा उपभोक्ता समितीका अध्यक्ष डण्डुल तामाङले कुलो निर्माणमा सहयोग गर्नुभएकोमा संस्थालाई धन्यवाद दिनुभयो । साथै यस वर्ष कुलोको केही भागको काम मात्रै सम्पन्न भएको भएपनि यसबाट किसानहरुलाई केही हदसम्म सहयोग पुगेको बताउनुभयो ।
साथै यसको संरक्षणमा सबै मिलेर लाग्ने तथा यति मात्रै नभई अन्य कुलोको बाँकी भाग पनि आर सि सि गर्न पाए किसानहरु अझ लाभान्वीत भएकोले यसको लागी आफू सँधै लागी रहने बताउनुभयो । यसका लागी वडा तथा संस्थाहरुबाट पनि अझै सहयोग हुने तामाङले अपेक्षा गर्नुभएको थियो ।
समितीले सोचेअनुरुप काम गरेकोले आफूहरुलाई खुशी लागेको पनि हेल्भेटासका प्राबिधिक प्रेम खड्काले बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.