गाँउको अधिकार सिंहदरबारमा फर्कन लागेको भन्दै सतर्क रहन बस्नेतको आग्रह

सिन्धुपाल्चोक जिल्लाको इर्खुमा आयोजना भएको बिद्यालयहरु बिचको  जिल्लाका माध्यमिक विद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिताको उपाधी इर्खु माध्यमिक बिद्यालयले पाएको छ ।
इर्खु मावि र सानोसिरुवारी स्थित शिद्धीगणेश मावि बिच अती रोमाञ्चकका साथ भएको प्रतिस्पर्धामा इर्खुले यो जित हात पारेको हो ।
इर्खुको खेल मैदानमा भएको कार्यक्रमको समापन कार्यक्रमको प्रमुख अतिथी पुर्व मन्त्री मोहनबहादुर बस्नेतले  नेपालमा हरेका चोटी हुने गरेका रजनीतिक परिवर्तन मध्य वर्तमान समयमा देश संघीयताको बाटोमा लागेको छ । गाँउ बिकाशका लागी अब पहिलेको जस्तो सिंह दरबार धाइ राख्न पर्देन गाँउ गाँउ बाटै बिकाशका कार्यक्रमहरु हुने गरी कानुन  लागू भइ सकेको र स्थानीय स्तरमा सरकारको उपस्थितीको अनुभब  भइरहेकोमा हामीमा केही उपलब्धी भएका छन् । तर यो उपलब्धीलाई संरक्षण गर्नका लागी हामी  लागी परेनौ भने  पुनः अधिकार  सिंहदरबारमा  नै केन्द्रित हुन सक्छ ।



त्यसैले यसतर्फ ध्यान दिन जरुरी भइ सकेको बताउँनु भएको छ ।  पुर्ब मन्त्री बस्नेतले धेरै नागरीकको बलीदान र कठीन संघर्षबाट प्राप्त भएका उपलब्धीहरु गुम्न नदिन सबै सचेत रहन पर्ने बेला भएको बताउँदै विकास निर्माणका लागि सबेै लाग्न पर्ने बताउनुभयो । इर्खु खेलकुद विकास समितिको  आयोजनामा भएको जिल्ला स्तरिय महिला भलिबल प्रतीयोगिताको समापन गर्दै प्रमुख बस्नेतले राष्ट्रको  पहिचानका लागी खेलाडीहरुको ठुलो भुमिका हुने हुँदा खेलकुद विकासका लागी सबैले सहयोग गर्नपर्ने बताउँनु भयो ।
आफू पनि खेलकुदबाटै यो स्तरमा पुगेकाले खेल खेल्दाको समस्या आफुलाई थाहा भएको बताउँदै आयोजक तथा सहभागीहरुलाई यस्ता खालको कार्यक्रम गरेकोमा बिशेष धन्यबाद दिनुभयो । कार्यक्रममा उँहाले यो प्रतियोगितामा सहभागी भएका सहभागीहरु तथा बिजय हासिल गर्ने समुहहरुलाइ   आफुले खेल खेल्नका लागी आबश्यक पर्ने सामाग्रीका लागी माग भइ आएमा उपलब्ध गराउँने बचन बद्धता गर्दै  खेलकुदका बिशयामा सबैको सहयोग हुन पर्ने बताउँनु भयो । उहाँले खेलमा सहभागीहरु सबैलाइ धन्यबाद दिदै आगामी दिनहरुमा अझ प्रगती तर्फ  अगाडी बढ्नका लागी सहयोगमा निरन्तरता रहने बताउनु भयो ।
इर्खु खेलकुद बिकाश समितीका अध्यक्ष प्रकाश दङ्गालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी, जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनी हेलम्बु गाँउपालीकाका प्रमुख निमाग्याल्जेन लामा चौतारा साँगाचोकगढी नगरपालीका वडा नं ७ का वडाअध्यक्ष उमा प्रसाद दुलाल ,वडा नं ८ का वडाअध्यक्ष तिर्थबहादुर श्रेष्ठ बिशेष अतिथीको रुपमा उपस्थिती रहनु भएको थियो ।
कार्यक्रममा उपस्थितहरुलाई इर्खु खेलकुद बिकाश समितीका सदस्य तथा कराँते प्रशिक्षक  युनिक तामाङ्गले स्वागत मन्तबय राख्नु भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष दङ्गालले खेलकुद बिकाशलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले सहभागीहरु सबैलाई बिशेष धन्यबाद ब्यक्त गर्नुभयो ।
 प्रतियोगितामा जिल्लाका १२वटा समुहले प्रतिस्पर्धा गरेको थियो भने चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ८ स्थित इर्खु माध्यमिक बिद्यालय पहिलो चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ स्थित श्री शिद्धी गणेश माध्यमिक बिद्यालय  दोश्रो र श्री सरस्वती माध्यमिक बिद्यालय हेलम्बु ग्याल्थुम तेश्रो भएको थियो । पहिलो हुनेलाइ रु तिसहजार नगद सहित ट्र्फी मेडल प्रमाण पत्र दोश्रो हुनेलाइ नगद १५हजार सहित ट्र्फि मेडल र प्रमाण पत्र त्यसै गरी  तेश्रो हुने सरस्वती माबीलाइ रु  पाँचहजार नगद र ट्र्फी तथा प्रमाण पत्र  प्रदान गरिएको थियो भने बिद्यालयहरुलाइ तथा सहयोगी हरुलाइ बिशेषसम्मान गरिएको थियो ।

कार्यक्रममा  बिशेष अतिथीका रुपमा उपस्थिती हुनु भएका हेलम्बु गाँउपालीकाका अध्यक्ष निमाग्याल्जेन लामाले जिल्लामा महीलाहरुले पनी खेलकुदमा पुरुष सरह विकास गर्न लागेकोमा खुशी ब्यक्त गर्दै महीलाहरुको लागी खेलकुदको बिकाशमा बिशेष जोड दिनपर्ने बताउँनुभयो ।

त्यस्तै वडा नं ७का वडाअध्यक्ष उमा प्रसाद दुलालले खेलकुदको बिकाशले अनुशाशनको पनी बिकाश गर्ने भएकोले चौतारा साँगाचोकगढी नगरपालकिाले खेलकुद विकासका लागी बिशेष सहयोग गर्दै आएको बताउनुभयो । प्रतियोगिता शनिबारदेखि सुरु भएको थियो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.