जलवायु सम्बन्धी सम्मेलनको तयारी

जिल्ला सम्मन्वय समिति सिन्धुपाल्चोकले जिल्लामा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने तयारी गर्न लागेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले यसको तयारी स्वरुप जिल्लामा रहेका केही संघसंस्थाहरु तथा वित्तिय संस्थाहरुसँग छलफल चलाइरहनु भएको जिल्ला समन्वय समिति सचिवालयका कृष्ण ढकालले बताउनु भएको छ ।

उहाँका अनुसार जिल्लामा रहेका केही बैंकहरुसँग बुधबार बिषेश छलफल भएको छ । जिल्लामा जलवायु सम्मेलन गर्नका लागी सबैले आ–आप्mनो क्षेत्रबाट सहयोग गर्ने र क–कसले कसरी सहयोग गर्ने भन्ने विषयमा पुनः छलफल गरेर यसका लागी पहल शुरु गरिने भएको छ ।
बजेटको विषयमा अन्तरक्रिया
यसै विच जिल्लाका प्रतिनिधि सभा पुर्वाधार विकास कोषका लागी भएको बजेटलाई पनि कहाँ कहाँ कसरी खर्च गर्ने र यसलाई कसरी पारदर्शीता गर्ने भन्ने बिषयमा समेत अन्तरक्रिया भएको छ । प्रतिनिधी सभा  क्षेत्र नं १ सिन्धुपाल्चोकका माननीय अग्नीप्रसाद सापकोटा प्रदेश सभाका मानीय शरेस नेपाल लगाएतका उपस्थितिमा १ नं क्षेत्रको सांसद विकास पूर्वाधारको बजेटको विषयमा अन्तर क्रिया समेत भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको कार्यकक्षमा भएको अन्तरक्रिया कार्यक्रमबाट आवश्यकता हेरेर स्थानीय सरकार  प्रदेश सरकाबाट समेटिन नसकेका स्थानहरको पहिचान गरी आवश्यकताका आधारमा उक्त बजेटको व्यवस्थापन गर्ने गरी पुनः छलफल गरेर निर्णयमा पुग्ने भएको समेत ढकालले बताउनुभएको छ । 


,
Lokpriyasamachar@. Powered by Blogger.