तामाङद्वारा बेत्रेश्वरीको भवन शिलान्याश

एनआरएनको सहयोगमा बेत्रेस्वरीले मुहार फेर्दै सिन्धुपाल्चोक जिल्लाचौतारासाँगाचोकगढी नगरपालिका १ बद्लाङमा रहेको बेत्रेस्वरी आधारभुत विद्यालयको भवन एक समारोहका बिच सिल्यान्यास गरिएको छ ।
चौातारा साँगाचोकगढी नगरपालीकाका  प्रमुख अमानसिंह तामाङ्गले  एक समारोहको बिच सिल्यान्यास गर्नु भएको हो । यो भवनको सिल्यान्यास सँगै बिद्यालयले मुहार फेर्ने भएको छ । एनआरएनको आर्थिक सहयोगमा ४ कोठे पक्की भवन बन्ने भए पछी स्थानीयहरु खुशी भएका छन ।

बिहीबार एक कार्यक्रमकाबिच नगरपालिका प्रमुख अमानसिङ तामाङ को प्रमुख अतिथ्यतामा र वडाध्यक्ष सानुकान्छा श्रेष्ठको बिशेष अतिथ्यतामा  उक्त भबनको सिल्यान्यास गरिएको हो ।स्थानीय गेहेन्द्र थापाले  बिद्यालयको लागी दान गरेको ३ रोपनी जग्गामा भवन  निर्माण गर्न लागीएको हो रु ५७ लाख ८६ हजार कुल लागतमा सो भवन निर्माण गरिन लागेको  बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष सोम बहादुर कार्कीले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख अमानसिंह तामाङ्गले शिक्षको बिकाश भयो भने मात्र सामाजीक तथा मानबिय बिकाश हुने  भएकोले शिक्षाको बिकाशमा सबै लागी पर्नु पर्ने बताउँनु भयो । उँहाले बिद्यालयमा अध्ययन गर्ने बाबालीकालाई चस्माको आबश्यकता भएमा नगर पालकिाले उपलब्ध गराइरहेको बताउँदै नगरका कोही पनी नागरिक शिक्षाबाट बञ्चीत  हुन नपरोस भनेर नगरपालीकाले बिभिन्न कार्यक्रम  गरिरहेको बताउँनु भयो ।
वडाअध्यक्ष सानुकान्छा श्रेष्ठले वडामा कोही पनि बालबालीकाहरु शिक्षा हासिल गर्नबाट कुनै पनि कारणले पछि पर्न नपरोस् भन्दै बिद्यालयबाट  कुनै पनि बालबालिका टाढा रहेका भए त्यस्तालाई बिद्यालय आउँने वातवरण बनाउन सबै वडाबासीहरुलाई अनुरोध गर्नुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.