नगर सुधार समितीले बुझायो नगरपालीकालाइ ध्यानकाष्ांण पत्र


 लोकपिैय समचार

 सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा का नागरिकहरुले चौताराको धुलो र फोहोरको ब्यबस्थापन नगरे  बजार क्षेत्रमा सबारी आबजतमा रोक लगाउँने र नगरपालीकाको कार्यलयमा धर्ना दिने भएका छन।
जिल्लाको सदर मुकाम समेत रहेको चौतारा सँँगाचोकगढी नगरपालीका वडा नं ५ स्थित प्रेसचोकदेखी अगाडीको बाटो कालोपत्र नगर्ने भएपछी स्थानीय नागरिकहरु आक्रोसित भएका हुन । यस सम्बन्धमा नगरसुधार समितीका अध्यक्ष नेत्रबहादुर बस्नेतको अध्यक्षतामा बसेको बेठकले नगरपालीका सँग  तत्काल सडक कालोपत्र गर्न माग गरेको छ ।
अध्यक्ष नेत्रबहादुर बस्नेतको नेतृत्वमागएको  टोलीले  नगरपालीकामा त्तकाल सडकको कालोपत्र गर्न तथा सरसफाइमा ध्यान दिन एक ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउँन जाँदा कार्यलमा कुनै पनी पदाधिकारीहरु प्रमुख उप प्रमुख र प्रमुख प्रशाशकीय अधिकृत समेत नभए पछी कार्यक्रम संयोजक राजभाइ श्रेष्ठ  लाइ बुझाइएको छ ।
श्रोष्ठले  नगरपालीकाको प्रमुख मार्फत आगामी कार्यपालीकामा निणायर्थ पेश गर्ने बताउँनु भयो त्यस्तै जिल्ला सम्मन्वय समिती, जिल्ला प्रशाशन कार्यलय जिल्ला प्रहर िकार्यलयमा समेत उक्त पत्र बुझाइएको समितकिा ससिचब कृष्ण ठकुरीले जानकार िदिनु भयो ।
बुझाइएको पत्रमा भनीएको छ सिन्धुपाल्चोक जिल्लाकै  सदरमुकाम रहेको यस चौतारासाँगाचोकगढी नगरपालीका वडा न ं ५ स्थित बजार क्षेत्रको सडक कालोपत्र गर्ने क्रममा हाल पुरानो बसपार्कबाट प्रेसचोक सम्म मात्र कालोपत्र गर्न लागेको बुझिन आएको ह्ँदा यस तर्फ नगर सुधार समितिको  ध्यानकर्षण भएको छ ।
यस सम्बन्धमा स्थानीय बजारबासिको माग बमोजिम  मितीको २०७५कार्तीक १७गते बसेको बैठकले आगमी मंसिर महीनामा हुने जिल्ला कै प्रशिद्ध  मन्दीर गौराती भिश्वरको दर्शन गर्न आउँने र मेला भर्न आउँने देश बिदेशका  नागरिकहरुबाट समेत सडकको अबस्थाका बारेमा प्रश्न उठाउँन सक्ने भएकाले नगरपालीकाको अरु भए गरेका बिकाशका कामहरु समेत ओझेलोमा पर्न सक्ने भएकाले प्रेश चोकदेखी जिल्ला स्वास्थ्य कार्यलय सम्म तत्काल सडकको कालोपत्र गर्ने कार्यलाइ निरन्तरता दिने ब्यबस्था मिलाइ दिन हुन अनुरोध गर्दछौ ।
साथै सदरमुकाम समेत रहेको  नगरपालीकाको ढलनिकाशातथा खाने पानी र  सरसफाइकार्यक्रमको  ब्यबस्थापनमा समेत  समस्या देखीएको र  नगरपालीकाको कार्यलय परिसर तथा जिल्लाका प्रमुखहरु को निबास स्थानमा समेत सरसफाइमा कमजोरी देखीदा नगरपालीका प्रती  नकारात्माक सन्देश जान सक्ने भएकाले यसलाइ समेत मध्यनजरमा राखी सरसफाइको निरन्तरताको लागी ब्यबस्था मिलाइदिन हुन  अनुरोध गर्दछौ ।साथै नगरपालीकालाइ सरसफाइ अभियानमा समस्या भएमा नगर सुधार समितीले  पुन गर्ने हुँदा त्यसका लागी पनी नगरपालीकाको ध्यानकर्षण गराउँन चाहान्छौ।   यसरी नगर सुधार समितीले नगरका जनागरिकहरुको आबजलाइ सम्बन्धीत ठाँउमा पुर्याएर नगरको हितका लागी काम गरेकोमा नगरबासीरुहरुले समितीलाइ धन्यबाद समेत दिएका छन ।  चौतारा बजारका साथै   प्रमुख जिल्ला अधिकारीको निबास तथा जिल्ला प्रहरी प्रमुखको निबास सँगै रहेको  सडक देखी  अस्पतालको बाटो तथा नजिकका सडकहरुमा धुलो उड्ने   सडकका पेटीहरुमा फोहोर रहेको हुँदा  नागरिकलाइ बिभिन्न रोगले आक्रमण गरेको समेत स्थानीय नागरिकहरुले बताएका छन ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.