विभिन्न दिवस सम्पन्न

मेलम्ची नगरपालिका वडा नं. ११ स्थित श्री जनजागृति बालक्लवको आयोजना, मेलम्ची नगरपालिकाको समन्वय, महिला आत्मनिर्भरता केन्द्र र अक्सफामको आयोजनामा श्री जनजागृति मा.वि.को प्राङ्गणमा १९ औं विश्व चर्पी दिवस र अन्र्तराष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । नोभेम्वर १९ विश्व चर्पी दिवसको अवसरमा सोहि विद्यालयका बालवालिकाहरु विच  विद्यालय स्तरीय लोकगित प्रतियोगिता आयोजना गरिएको थियो । लोकगित प्रतियोगितामा सहभागी टिम मध्ये निशा दुलाल, अस्मिता दुलाल, विनोद मिजारको टिम प्रथम , समिर तामाङ, अनिता चापागाई, मेनुका दुलालको टिम द्धितीय, दीपक पाण्डे, अनुपा चापागाई, करुणा लामाको टिम तृतीय र  केशाङ तामाङ, अस्मिता तामाङ र अन्जु तामाङको टिमले सान्त्वना स्थान हासिल गरेको हो ।

यसै गरि सोहि बालक्लवको आयोजनामा सञ्चालन भएको कार्यक्रम अन्र्तगत अन्र्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा प्ले कार्ड सहितको र्यालीले समुदायमा परिक्रमा गर्नुको साथै दोष भाग्यको होईन बृद्धिको भन्ने शीर्षकमा बाल विवाह न्यूनीकरण सम्वन्धि चेतनामूलक सडक नाटक प्रस्तुत गरिएको थियो । सोहि अवसरमा महिला आत्मनिर्भरता केन्द्रको आयोजना मेलम्ची न.पा. स्थित श्री कालिका आधारभूत विद्यालयमा चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिता सिद्धार्थ आलेमगर प्रथम, रचना राना मगर द्धितीय, अनिस रोका तृतीय र शोभा मिजारले सान्त्वना स्थान हासिल गर्नु भएको थियो ।
कार्यक्रमको अवसरमा मेलम्ची नगरपालिकाका वडा नं. ११ स्थित जनजागृति मा.वि. को प्राङ्गणमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता जनजागृति बालक्लवका अध्यक्ष निशा दुलालको अध्यक्षता र वडा नं ११ का अध्यक्ष रुद्र प्रसाद दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लोकगित प्रतियोगिताका विजयी सहभागीहरुलाई पुरस्कार वितरण गर्नुका साथै सडक नाटकमा सहभागी कलाकारहरुलाई समेत प्रशंसा पत्र समेत वितरण भएको थियो । अन्र्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा महिला आत्मनिर्भरता केन्द्रका कोषाध्यक्ष सुन्तली लामा, कार्यक्रम व्यवस्थापक कृष्ण वहादुर गुरुङले समेत शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अवसरमा विद्यालयका शिक्षक, अभिभावक, वालवालिका लगायत सरोकारवालाहरुको उपस्थिति समेत रहेको कार्यक्रम संयोजक उमेश नकर्मीले जानकारी दिनु भएको हो ।

       गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा तीन जना बिरामीको उद्धार गरे । उनले बेलबारी नगरपालिका–४ बाट तीन जना बिरामीलाई घरैमा एम्वुलेन्स पठाएर नोबेल अस्पताल ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन् । आर्थिक अभावका कारण उपचारमा समस्या बेहोर्दै आएकी बेलबारी–४ हिमाली चौककी ७२ बर्षिया सम्झना लिम्बुलाई डा.शर्माले उद्धार गरेर नोबेल अस्पतालमा निःशुल्क उपचार गराईरहेका छन् ।

       उपचारका लागि करिव ३ लाख खर्च गरिसकेर पनि अझै ठिक नभएपछि उनी थप उपचार गर्ने पैसा अभावमा लामो समयदेखि थला परेर बसेकी थिईन् । उपचार गर्न नसक्दा पेट पनि सुन्निएर उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा पुगेकी श्रीमतिलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाईदिएको भन्दै उनका श्रीमान दिलप्रसाद चेम्जोङले खुःशी व्यक्त गरे । ‘हामी जस्ता गरिवलाई हेर्ने पनि मान्छे रहेछन् ।’ हर्षित हुँदै ८२ बर्षिय दिलप्रसादले भने ‘सुनिल शर्माको साच्चै ठुलो दिल रहेछ ।’

       नेपाली कांग्रेस बेलवारीको सक्रियतामा उनलाई उद्धार गरिएको हो । लिम्बुलाई उद्धारका क्रममा पुगेका कांग्रेस नेता राजकुमार लिम्बुले सरकारलेसमेत गर्न नसकेको काम डा.शर्माले गरिरहेको भन्दै उनी गरिब र असहायका लागि भगवान सरह रहेको बताए । यता कांग्रेस बेलबारीका सचिव राजेश खत्रीले शर्माको सेवा भावको प्रशंसा गरे । बिरामी लिम्बुलाई उद्धार गर्नुअघि कांग्रेसका क्षेत्रीय सदस्य राजेन्द्र अधिकारी, बेलबारी–४ का संयोजक डम्बर बस्नेत, सक्रिय सदस्य चन्द्र लिम्बु लगायत पनि उनको घरैमा पुगेका थिए ।


       आर्थिक अभावले उपचार गर्न नसकेर समस्यामा परेका तीन जना बिरामीलाई पनि केहि दिन अघि डा.शर्माले सोहि वडाबाट उद्धार गरेर निःशुल्क उपचार गराईरहेका छन् । सामाजिक सेवामा लागिपरेका डा.शर्माले यसअघि पनि धेरै गरिव तथा बिपन्न बिरामीलाई उद्धार गरेका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.