सल्ला वन व्यवस्थापन


                                                                                                                 


अष्ट्रेलियन सरकारको सहयोगबाट जिल्ला वन कार्यालय सिन्धु र काभ्रेले १९७८ देखि १९९१ सम्ममा करीब २३,००० हेक्टर वन वृक्षारोपण गरिसकेको छ ।


यसमा मूख्य गरी खोटेसल्ला, गोब्रेसल्ला र पाटेसल्ला रहेका छन् । समयमा वन सम्वद्र्धनको कृयाकलाप अगाडि नबढाइएकोले वनको अवस्था विग्रिदै गइराखेका छन् । वनपैदावार काठको गुणस्तरीतामा असर पर्नुको साथै बार्षिक उत्पादनमा समेत असर परेको छ ।         
हाम्रो सामुदायिक वनहरुमा १ एक हेक्टरमा १६०० वटा विरुवा लगाएको छ । ५ वर्षपछि थिनिङ्ग रेजिम गर्नु पर्छ तर गरिएको छैन । वन घना छ, यसले कुनै पनि फाइदा पु¥याएको छैन । कुनै व्यवस्थापन गर्न सकेको छैन । हाम्रो सामुदायिक वनमा प्राकृतिक श्रोत सम्पति धेरै छ । यसको दीगो वन व्यवस्थापन गर्ने काम सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहले गन सक्नु पर्दछ । दोश्रो पुस्ताका सवालहरु ः दिगो वन व्यवस्थापन, सामुदायिक वनमा सुशासन, तथा गरिव विपन्न जनताहरुको जीविकोपार्जनका सुनिश्चित गर्दै सल्लाको वनको दीगो व्यवस्थापन हुनलाई सल्ला वन पत्ल्याउँदै जानुपर्छ । वृक्षारोपण गरिएको वर्षलाई आधार मानेर वैज्ञानिक तरीकाले वन पत्ल्याउने पद्धति लागु गर्नु पर्दछ । थिनिङ्ग रेजिम अनुसार वन पत्ल्याउँदै गयो भने सल्लाको वनमा फाइदा हुने कुरामा विज्ञहरुको भनाई रहेको छ ।
वनको घना जङ्गल रुखविरुवा हटाउनु पर्दछ तर कसरी हटाउने ? हुन त पाटे सलल्ला र खोटे सलला वन पत्ल्याउने मार्गदर्शन, २०६४ पनि नेपाल सरकारले स्वीकृत गरि कार्यान्वयनमा न आएको होइन् । उक्त मार्गदर्शनमा आधारित यस सिन्धुपाल्चोक जिल्लामा केहि सल्लाका वन व्यवस्थापन पनि नभएका होइनन् । तर पर्याप्त छैन । यसलाइृ अझै विस्तार गर्दै लानु पर्ने देखिन्छ । सिन्धुपाल्चोक जिल्लामा सल्ला वन व्यवस्थापन गर्न विगतका अनुभवहरुबाट सिक्दै आई परेका समस्याहरुको समाधान गर्दै अगाडि बढनु नै आजको को नितान्त आवश्यक्ता रहेको छ ।
सल्लाको वनको दीगो वन व्यवस्थापन र वन पत्ल्याउन दीगो वन व्यवस्थापन, सुशासन (पारदर्शिता, जवाफदेहिता, सहभागिता, कानूनी शासन ) र सामाजिक समावेशिकरण कायम गर्न सक्नु पर्दछ । वन पत्ल्याउने पद्धति तिन किसिमका दृष्टिकोण बाट गर्न सक्दछन । क.) पर्यावरणीय दृष्टिकोणले वृद्धि प्रवद्र्धन गर्न, प्राकृतिक पुनरुत्थान गर्न, भुमिको ढकाईमाथि विचार गर्न, स्थानिय प्रजातिको वनमा स्थानान्तरण आदी । ख.) आर्थिक दृष्टिकोणले प्राकृतिक श्रोत पुनःउत्थान गर्न, वन पैदावारको सदूपयोग र आय आर्जन गर्न, वन पैदावारको समूचित आपूर्ति गर्न आदी । ग.) सामाजिक दृष्टिकोणले दाउराको आवश्यकता पुर्ति गर्न, स–साना काठको आवश्यकता पुर्ति गर्न आदीका लागि ।
वन क्षेत्रलाई समय समयमा नपत्ल्याएबाट कुनै पनि रुखले राम्ररी बढन हुर्कन अवसर पाउँदैन । बाक्लो वनमा रोगी र बढन नसकेका रुखह्रु भेटिन्छन् भने पातलो भएको वनमा कम भेटिन्छन् । प्रत्येक रुखलाई उमेर अनुसार भोजन, पानी र प्रकाश चाहिने भएकोले सल्लाको वन पनि पत्ल्याउनु पर्ने अति जरुरी रहेको छ । रुखले ठाउँ नपाएपछि उचाइ मात्र बाँस जस्तो बढने तर गोलाईको मोटाई बढदैन । रुखको गोलाई नबढेमा त्यसबाट उपयुक्त काठ प्राप्त गर्न सकिदैन ।
सल्लाको वनको दीगो वन व्यवस्थापन गर्नका लागि वैज्ञानिक व्यवस्थापन पद्धतिलाई आत्मसात गरि प्रभावकारी कार्यान्वयन गर्न सके सल्ला विरुवा पुनरुत्पादनमा वृद्धि, ःगतिष्कतयचथ वनको विकास (१ वर्ष देखि ३५ वर्ष सम्मको रुख विरुवा), वनबाट निरन्तर वन पैदावारको आपुर्ति, स्वस्थ तथा उत्पादनशिल वनमा रुपान्तरण, भावि पुस्तामा गुणस्तरिय वन हस्तान्तरण, समूहको आम्दानिबाट वन विकास, जिविकोपार्जन, सामाजिक विकास र भौतिक विकास आदी सुनिश्चित गर्न सकिन्छ । त्यसैले प्राकृतिक वा वृक्षारोपण गरिएको जुनसुकै प्रकृतिको वन भएता पनि समय र उमेर अनुसार वन पत्ल्याउनु पर्छ ।          हेम चन्द्र महतो
                                                                                                                              स.वन अधिकृत,
                                                                                                                            सिन्धुपाल्चोक
   

Lokpriyasamachar@. Powered by Blogger.