कृषि क्षेत्रमा मात्र आधारित स्थानीय

राजेन्द्र तिमल्सिना/सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ अन्तर्गत भट्टे चुल्ठी लगाएत त्यस ठाउँका आसपासमा रहेका गाउँहरुका मानिसका जिविकोपार्जन गर्ने आधार नै कृषि हो ।
यस ठाउँका मानिसहरु व्यापार जागिरमा आधारित नभइ कृषि क्षेत्रमा मात्र संमलग्न रहेका छन् । यस ठाउँमा खेतियोग्य जमिन र उर्वरा शत्ती राम्रो भएकोले यस ठाउँमा अन्य ठाउको दाजोमा वालिनालिहरु बढी उत्पादन हुने गर्छ । एस ठाउमा किसानहरुले लगाएका वालिनालिहरु धान, कोदो, मकै, गौ, फापर,अलैची,जौ लगाएत अन्य वालिनालिहरु एस ठाउँमा उत्पादन हुन्छ । तर यस ठाउँमा अरु ठाउँमा भन्दा जंगली जनावरहरु बढी मात्रामा पाइन्छ ।
यस ठाउँमा मृग, दुम्सी, बादर, बँदेल लगाएत अन्य जनावर एस ठाउँमा व्यापक पाइने भएकोले यस ठाउँमा लगाएका वालिनालि तरकारिहरु लगाएतका अन्य वालिनालिहरु एस्ता जनावरले नास पारिराखेका छन् ।
गाउँका वासिन्दाहरुले चहेर पनि एस्ता जनावरलाइ केही गर्न नसकेकोले र एसलाइ कसरी निर्मुल गर्ने भन्ने विसयमा गाउका मानिसहरु छलफल गरि सम्भन्धित निकायहरुमा गइ प्रस्ताव राखेतापनि कसैले वास्ता नगरेकोले यस ठाउँका मानिसहरू बाध्य भएर गाउँ छाडनुपरेकोले खेतीयोग्य जमिनहरू बाजो भएको छ यस ठाउँमा जनावरहरू ब्यापक रुपमा फैलिएको छ । यस क्षेत्रका समबन्धित निकाएले कुनै पनि कदम नचालेकोले अहिले गाउँ पातलिएको छ वालिनाली हरु पहिलेको दाजोमा हेर्नुपर्दा अहिले निकै कम मात्रामा उत्पादन भएको छ ।
मानिसहरुले लगायेको अन्नवालीहरु विभिन्न जंगली जनावरहरुले नस्ट गरेपछि कृषिबाट जिविकोपर्जन गर्न नसकिने भएपछि गाउका मानिसहरु सहरतिर जान बाध्य भएका स्थानीय अमृतबहादुर कार्कीले बताउनु भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.