गौराती मेलाको चहलपहल सुरु

नेपालको ऐतिहासिक तथा सिन्धुपाल्चोक जिल्लाको सवैभन्दा ठुलो गौराती भिमेश्वर मेला २०७५ साल मंसिर ७ गते पुर्णिमाको दिन लाग्दै छ ।

प्रत्यक वर्ष कात्तिक पूर्णिमाका दिन लाग्ने मेला यस वर्ष मंसिर ७ गते पर्ने भएकोले उक्त  दिन मेला पर्न गएको हो । गौराती बिकाश समितकिा अध्यक्ष  तथा प्रमुख जिल्ला अधिकारी  कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा जिल्ला प्रशाशन कार्यलयमा बसेको  बैठकले शान्ती सुरक्षामा बिशेष ब्यबस्था गर्ने निर्णय गरेको छ ।
मेलालाई व्यवस्थीत र मर्यादित बनाउनकोलागि बसेको बैठकमा चौतारा नगरपालिकाका प्रमुख जिल्लामा रहेका सरकारी  कार्यालयका प्रमुखहरु, चौतारा साँगाचोकगढी न.पा.का वडा अध्यक्षहरु,  पत्रकार स्थानीय संघ संस्था तथा पदाधिकारीहरुको उपस्थितिमा मेला व्यवस्थापन सम्बन्धी छलफल बिहीबार जिल्ला प्रशासन कार्यलयमा सम्पन्न भएको हो  ।

बैठकमा  प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले  मेलालाई ब्यबस्थित र मर्यादित तरिकाले सञ्चालन गर्नका लागी जिल्लाका सबै निकाय परिचालित हुन पर्ने बताउँदै गौराती मेलाको  ब्यबस्थापनका लागी युवाहरु नै अग्रसर भएकाले पनि यसलाई थप मद्धत पुग्ने बताउँनु भयो ।
बैठकमा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक बिमल राज कर्णेलले जिल्लाको प्रशिद्ध मन्दीरमा मेला भर्न आउँनेहरुलाई कुनै किसिमको असुबिधा हुन नदनि प्रहरी सचेत रहेर काम गर्ने बताउँदै  मेलाममा आबश्यक सुरक्षाको प्रबन्ध गर्ने  सुरक्षा ब्यबस्थालाई कडा पारिने समेत बताउँनु भयो ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारावाट ४ (चार) कि.मि. उत्तरी भागमा अवस्थित रहेको छ । परापुर्व कालमा किसानहरुले पालेको गाई व्याएको र वेलुका दुध दुहुन नदिने गरेपछि किसान राती राती गोठमा हेर्न जाँदा बाँधेर राखेको गाई गोठमा नभई हाल मन्दिर रहेको ठाँउमा गई शिलामा दुध चढाउने गरेको पाए पछि टोलका छिमेकीहरु मिलेर खनेर हेर्दा हाल मन्दिरमा रहेको शिला भिमसेनको शिला भेटिए पछि गाईले राती राती गएर दुध चढाउने भएको कारण गौराती भिमसेन नामाकरण गरिएको हो ।
प्रत्येक वर्ष कार्तिक पुर्णिमाका दिन गौराति भिमेश्वरमा भिमसेनको उपस्थिति रहने र उक्त दिन दर्शन गरेमा भक्तजनहरुको मनोइच्छा पुरा हुने धार्मिक विश्वास रहेको छ । याँहा रहेका शिलालेख नेवारी भाषामा रहेको र शिलालेख बुझ्न कठिन छ । त्याँहा चढायको घण्टीहरुबाट ३०० वर्ष भन्दा अगाडीका मिति फेला पार्न सकिन्छ । यो पुरातात्वीक महत्व बोकेको मन्दिर हो भन्ने व्यहोरा पुरा तत्व बिभागको अभिलेखबाट पनि थाहा पाउन सकिन्छ ।
वि.सं. २०५१ साल सम्म काठ र ढुङगाबाट बनेको मन्दिर जिर्ण भई तत्कालिन प्र.जि.अ÷र प्र. ना.उ. राम कृष्ण भुर्तेल र सुरत बहादुर शाह को सक्रियतामा पुनः निर्माण गरी २०५२ मंसिर २ गते स्वर्गीय राजा विरेन्द वीर बिक्रम शाहदेव र रानी ऐश्वर्या राज्यलक्ष्मी देवीशाहबाट रुद्राक्षको विरुवा रोपण गरी समुद्घाटन गरिएको थियो ।
२०७२ साल वैशाख १२÷१३ र २९ मा गएको भुकम्पका कारण उक्त मन्दिर पनि अछुतो रहन सकेन । मन्दिरको गाह्े र वरिपरीका पर्खालहरु, संगै रहेको महाकाली र सरस्वतीको मन्दिर पुर्ण क्षति हुन पुग्यो । तत्काल अन्य स्रोत नजुट्दा गोराती विकास समाज, गौराती युवा समूह, गुठी र क्लवको संयुक्त आयोजनामा २०७१ साल कार्तिक पुर्णिमाको अवसर पारेर लगाइएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञबाट प्राप्त रकम खर्च गरी मर्मत संभार गरियो भने सरस्वती र महाकालीको मन्दिर तत्कालिन प्रनाउ विश्व अधिकारीको सहयोगमा पुर्नःनिर्माण २०७२ कार्तिक पुर्णिमामा सम्पन्न गरियो ।
 गौराती भिमेश्वर मेलामा सिन्धुपाल्चोक जिल्लाको अधिकाँश भुभागका, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा, धार्दिङ, काठमाण्डौं, ललितपुर, भक्तपुर, गोर्खा, रामेछाप, दोलखा, चितवन लगाएत अन्य जिल्लाका भक्तजनहरुको आगमन हुने गर्दछ । आ–आफ्नो मनोकामना पुरा हुने, दुःख, कष्ट, दरिद्रता नष्ट हुने जनविश्वासका साथ भक्तजनहरुले बाजागाजा सहित पञ्चवली चढाउने प्रचलन रहेको छ । विवाह, व्रतवन्ध गर्नका लागि समेत भक्तजनहरु आउने गर्दछन् । कार्तिक पुर्णिमा बाहेक वडा दशै,चैते दशै, श्री पञ्चमी, जनै पुर्णिमा, शिवरात्री, जस्ता पर्वहरुमा र प्रत्ेक हप्ताको शनिवार भक्तजनहरुको भिड लाग्दछ ।
मेलालाई व्यवस्थीत गर्नको लागि आवश्यक तयारीका लागि मेला व्यवस्थापन सम्बन्धी सरोकारवाला सरकारी तथा गैर सरकारी निकायहरुको समन्वय बैठक सम्पन्न भएको छ । मन्दिर सरसफाई र बाटो मर्मत, खानेपानी व्यवस्थापन,  पसल राख्नको लागि स्टल निर्माण, पार्किड, विद्युत व्यवस्थापन लगायत मंसीर १ गते  विहान ७.०० वजे सरसफाई कार्यक्रम सञ्चालन गरिने छ ।
सरसफाइमा नगरपालीकाका प्रमुख जिल्ला स्थित सरकारी कार्यालय तथा गैर सरकारी कार्यालयका र वडा अध्यष हरुको समेत सहभागीता रहने भएको छ । मेला अबधी भर चौतारा अस्पतालले डाक्टर सहितको टोलीले मेला स्थलमा स्वास्थ्य शिबीर राख्ने भएको छ भने चौतारा साँगाचोकगढी नगर पालीकाले औषधीको बयबस्था गर्ने भएको छ ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.