कृषि पेशालाई नगरपालिकाको विषेश सहयोग

कृषि पेशालाई मर्यादित स्थायित्व दिनका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले विभिन्न कार्यक्रम गरी विशेष सहयोग गरिरहेको छ ।
समय–समयमा कृषकको मनोबल बढाउनका लागि नगरपालिकाबाट गरिने कार्यक्रम अनुसार बिहिबार र शुक्रबार दुई दिनसम्म कृषि प्रर्दशनी मेलाको आयोजना गरिएको छ ।
मेलामा फर्सी च्याउ हल्होबेद, काँक्रो, गोलभेडा, मेवा, मकै, धान, कोदो, लगायतका बस्तुहरुको प्रर्दशनी गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका स्थित टुडीखेलमा आयोजित प्रदर्शनिमा पहिलो दोस्रो, तेस्रो हुनेलाईनगदसहित प्रमाणपत्र  दिइएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै उप प्रमुख जानुका पराजुलीले कृषकहरुलाइ उत्पादनमूलक कार्यमा प्रोत्साहन गर्नको निमित्त यो कृषि मेला प्रदर्शन गरिएको बताउँदै चौतारा साँगाचोकगढीको समृद्धिको आधार शिक्षा, कृषि, पर्यटन र पूर्वाधार भन्ने मूल नारामा समेत समावेशी रहेको हाम्रो कृषि क्षेत्रलाई उत्पादनमूलक काममा लगाउनको लागि नगरपालिकाले विषेश सहयोग गरिरहेको बताउनुभयो ।
उहाँले कृषि पेशालाई मर्यादित र व्यवस्थित गर्नको लागि नगरपालिकाले विभिन्न कृषकलाई विभिन्न विषयमा अनुदान उपलब्ध गराउँदै आएको र भविष्यमा पनि यसलाई अझ प्रभावकारी ढंगले कृषकको मनोवल उच्च राख्ने खालका कार्यक्रमहरु अवलम्वन गरिने बताउनुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढीका नगरप्रमुख अमानसिं तामाङले कृषि काम गर्ने कृषकहरु सितिमिति विरामी नहुने तर कृषि सेवामा नरहेका धनीमानी भनौदाहरुलाई विभिन्न रोगले आक्रमण गर्ने गरेको आफूले महसुस गरेको बताउनुभयो ।
उहाँले कृषकहरु कृषि काम गर्दा उनीहरुको शरीर पनि तन्दरुस्त हुने र आफैले उत्पादन गरेको खाद्यान्न सेवन गर्दा पौष्टिक तत्वको कारणले कृषकहरु कम रोगी हुने गरेको र अरुले उत्पादन गरेको सामग्री खरिद गरेर खाने मानिसलाई रोगले छिटो आक्रमण गर्ने हुँदा त्यो समस्या परेको बताउनुभयो । उहाँले नगरपालिकामा कुनैपनि कृषकको खेतीयोग्य जमिनहरु बाँझो नरहोस् भनेर कृषकहरुको माग बमोजिम हाते ट्याक्टर तथा कृषिसँग सम्बन्धित विभिन्न चिजहरु नगरपालिकाले अनुदान उपलब्ध गराएको बताउनुभयो । उहाँले कृषि उत्पादनमा बढावा दिने खालका कार्यक्रम ल्याएर नगरपालिकालाई कृषिमा आत्मनिर्भरता बनाउनका निमित्त सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ७ नं. वडाका वडाध्यक्ष उमा दुलाल, वडा नं. ५ का वडाध्यक्ष नरमान श्रेष्ठ, वडा नं. १३ का वडाध्यक्ष रामप्रसाद गौतम, नगरपालिकाका सल्लाहकार चन्द्रप्रसाद सापकोटा लगायत नगरपालिका कार्यपालिकाका सदस्यहरु समेतको उपस्थितिमा भएको कार्यक्रममा विभिन्न सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.