जलवायू परिवर्तन सम्मेलन पौष १६ र १७ गते गुफा डाँडामा

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका तथा मेलम्ची नगरपालिकाको बीच भागमा रहेको गुफा डाँडामा जलवायू परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ ।
सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको प्रमुख व्यवस्थापन समितिको संयोजक रहने गरी जिल्ला स्थित सबै सरकारी कार्यालयहरुको प्रमुख रहने गरी व्यवस्थापन समिति गठन गरीएको हो ।  पौष १६ र १७ गते हुने सम्मेलनको आयोजक भने जिल्ला समन्वय समिति महासंघ हुने भएको छ । नेपालको ७५ वटै जिल्लाका प्रमुखहरुको उपस्थितिमा हुने सम्मेृलनको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा वलीले गर्नुहुने कार्यक्रम रहेको छ ।
 जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा मंसिर ७ गते बसेको बैठकले आगामी २०७५ पौष १६ र १७ गते सम्मेलन गर्ने टुङ्गो लगाएको हो । समन्वय समिति सचिवालयका कृति ढकालका अनुसार सिन्धुपाल्चोकमा हुने उक्त सम्मेलन सफल पार्न सबै सक्रिय रुपले लाग्ने निर्णय समेत भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.