सुकुटेमा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम

सन्तोष भण्डारी/


 चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० द्वारा आयोजित शुभ दिपावली, छठ तथा नेपाल सम्वतको पावन अवसरमा पूर्व सञ्चार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सुकुटे माविमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विषेश अतिथि नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति भुपेन्द्रबहादुर थापा, नेपाली कांग्रेसका नेता एवम् महासमिति सदस्य हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, नेपाली कांग्रेसका जिल्ला पार्टी सचिव झलक नेपाल, संयोजक एवम् सभापति अर्जुनबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी माले ३ नंं. प्रदेशका व्यूरो सदस्य कृष्णबहादुर ठकुरी, नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति टंक कार्की, क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेत लगायत नेपाली कांग्रेसका  नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै पूर्व सञ्चारमन्त्री नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले नेपालीहरुको दोस्रो महान चाड शुभ दिपावली, छठ तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले अहिलेको वर्तमान सरकारले रेलगाडी, पानीजहाजको कुरा गरेर जनतालाई बेबकुफ बनाएको भन्दै सुनकाण्ड, तस्करी, बलात्कारी अत्याधिक मात्रामा बढिराख्दा पनि अपराधी समात्न नसकेको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेसले विद्यालय, बाटोघाटो, खानेपानी, सिंचाई जस्ता विकास निर्माणको काम गरिरहेको र अबपनि नेपाली कांग्रेस जहिले जनताको सेवामा लागिरहने बताउनुभयो ।
त्यस्तै विषेश अतिथि नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति भुपेन्द्र थापाले नेपाल कम्युनिष्ट पार्टीले घोषणा पत्रमा लेखेका कुराहरु पूरा गरिरहेको छ कि छैन, नेपाली कांग्रेसका कार्यकर्ताहरुले हेर्नुपर्ने कुरा बताउनुभयो । उहाँले काठमाडौंमा सडकको खाल्डोमा साइकल ठोक्किएर मान्छे मरिरहेको अवस्था छ तर प्रधानमन्त्री रेल र पानीजहाजको कुरा गर्छन् हामीलाई रेल र पानीजहाज राम्रो सडक, विद्यालय, स्वास्थ्य चौकी तर्फ सरकारको ध्यान नगएको बताउनुभयो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्रका पार्टीका नेता तथा कार्यकर्ताहरु पनि नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका थिए । नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति टंक कार्कीले शुभ दिपावली तथा छठ पर्वको शुभकामना दिनुभएको थियो ।
त्यस्तै अरनिको कलेज बाह्रबिसेका नेविसंघ सभापति हेमन्त श्रेष्ठले नेपाली कांग्रेस विना यो देश अगाडि बढ्न नसकेको र देशले कांग्रेस खोजिरहेको बताउनुभयो । कार्यक्रम सञ्चालन नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला कार्य समिति सचिव हरिचन्द्र खड्काले गर्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.