स्वबियु चौताराले गर्यो बिद्यार्थीलाइ स्वागत

नेत्र बहादुर बस्नेत
शिक्षा हासिल गर्न बर्तमान  समय बिगतको भन्दा धेरै राम्रो र सहज रहेको ने.क.पा.का केन्द्रिय सदस्य, माधव सापकोटा सुवोधले बताउँनु भएको छ ।

उँहाले नेपालमा शिक्षा पाउँनकालागी पनी नेपाली नागरिकले ठुलो संघर्ष गर्नु परेको बताउँदै आफुले क्याम्पस पढ्न का लागी धेरै दुख गरेको बताउँनु भयो । उँहाले त्यस ताका पढ्न  इच्छा  भएर पनी राज्यका कारण समस्या हुने गरेको बताउँदै अहिले परिबर्र्तीत  समयमा शिक्षा हासिल गर्न धेरै सहज भएको बताउँदै यस्तो अबशरमा हरेक नागरिकले शिक्षाको उपयोग गर्न पर्ने बताउँनु भयो । उँहाले चौतारा क्याम्पस स्ववीयुले आयोजना गरेको नव आगन्तुक बिद्यार्थीहरुलाइ गरेको स्वागत कार्यक्रमको प्रमुख अतिथीको आशन बाट बोल्दै यस्तो बताउँनु भएको हो ।
उँहाले उच्च शिक्षा हासिल गर्ने बिद्यार्थीहरुलाइ राज्यले रोजगारको ब्यबस्था गर्न पर्ने बताउँदै बतर््ामान सरकारले शैक्षीक प्रमाण पत्र धितो राखेर कर्जा दिने ब्यबस्था गरेको बताउँनु भयो ।  उँहाले बर्तमान सरकारले  काठमाण्डौबाट चौतारा जोड्ने सडकको दुरी छोटो गरेर चौतारा क्याम्पसमा राजधानीका मानीसलाइ समेत अध्ययन गर्न सहज गर्न लागएिको । जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउँनका लागी बिशेष कार्यक्रम गरिरएको र चौतारा क्याम्पस लाइ महा प्राबिधकि बिद्यालयकोरुपमा बिकाश गर्न लागीएकोले यो क्याम्पसको छुट्टै पहिचान रहने बताउँनु भयो । चौतारा क्याम्पसमा अयोजित कार्यक्रममा बिशेष अतिथीको आसनबाट बोल्दै अखिल त्रान्तीकारीका केन्द्रीय सचिव तथा प्रदेश नं३का संयोजक  पवन कार्कीले पवन कार्कीले मुलभुत रुपमा निजिकरणका विरुद्ध देशै भरि संघर्ष गर्ने र आम विद्यार्थीको साझा सस्था स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नियमित रुपमा आगामी चैत्र मै सम्पन्न गर्न पर्ने बताउँनु भयो । उँहाले  अखिल (क्रान्तिकारी ) लाई नियमित रुपमा वास्तविक विद्यार्थीहरुको संगठन वनाउने र स्ववियूमा पनि नियमित  अध्ययनरत विद्यार्थीहरुलाई मात्र निर्वाचनमा उम्मेदारी दर्ता गर्ने बातबरण निर्माण गर्न  केन्द्रीय समितिले छलफल गरीरहेको बताउँनुु भयो।
निवर्तमान केन्द्रीय सदस्य  रविन जङ्ग वस्नेतले नवआगन्तुक विद्यार्थी साथिहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट क्याम्पसको रुपमा स्थापित गर्न नेतृत्वदायी भुमिका खेल्न अपिल गर्नु भयो। स्वबियू सभापती मिलन लामाको सभापतित्वमा भएको कार्यक्रममा  विशेष अतिथि क्याम्पस सञ्चालन समितीका अध्यक्ष तथा पुर्ब माननीय कृष्णराज श्रेष्ठ,ले २०५८सालमा सम्बन्धन लिएर संञ्चालन हुदै आएको चौतारा बहुमुखी क्याम्पसमा  शिक्षा , ब्यबस्थापन, बिज्ञान , सङ्काय  लागएतको बिषयमा अध्ययन गराइ रहेको र  बताउँदै  चौतारा क्याम्पस नमुना कै रुपमा रहेको र यसलाइ अझ गुणस्तरिय शिक्षाको लागी हरेक पहल गरिरहेको बताउँनु भयो।  चौतारा साँगाचोकगढी नगरपालीका   वडा नं ५का वडाअध्यक्ष नरमान श्रेष्ठ, १३का वडाअध्यक्ष रामप्रसाद गौताम, क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगाल, विद्यार्थी नेता. चिरञ्जीवी कट्टेल लगाएतको उपस्थीतिमा कार्यक्रम संचालन,  गरिएको थियो । सो अबशरमा विद्यार्थीहरुद्धारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरीएको थियो । सो अबशरमा बिद्यार्थीहरुलाइ  शान्त र स्तरिय शिक्षा उपलब्ध गराउँनका लागी  चौतारा बहुमुखी क्यामपस स्वबियु सधै लागी परेको र  आगानमी दिनमा पनी गुण स्तरिय शिक्षा प्राप्तीका लागी बिशेष  कार्यक्रमहरु गरिरहने स्वबियु सभापती मिलन लामाले बताउँनु भयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.