सिन्धुपाल्चोकमा पाए १९बिस्थापितपरिबारले संयुक्त पुर्जा

 नेत्रबहादुर बस्नेत

१९सिन्धुपाल्चोक जिल्ला  जुगल गाउपालीका वडा नं १का  १९ घर परिबारले संयुक्त पुर्जा पाएका छन ।
जिल्ला आयोजना कार्यन्यवन इकाइको आयोजनामा हिजो शुक्रबार उक्त पुर्जा बितरण गरिएको हो । पुर्जा बितरण कार्यक्रममा बोल्दै राष्ट्र्यि पुननिर्माण नेपाल  काठमाण्डौका दिब्यराज पोख्रेलले पुननिर्माण प्रधिकरणाले भुकम्प पिडीत कसैलाइ पनी पुर्ननिर्माणामा समस्या नपरोस भनेर प्रधिकरणले सचेत साथ काम गरिरहेको र बास्तबिक पिडीत नछुटुन र कसैले पनी दोहोरो सुबिधा नलीउन सबैलाइ समान ब्यबहार होस भनेर प्रधिकरणा लागी परेको बताउँदै भुर्गबिदहरुले मानीसको बसोबास गर्न योग्य नभएको भनी प्रमाणीत गरेको र अन्य जग्गा नभएका पिडीतहरुलाइ प्रती घर परिबार प्रधिकरणले योग्य बसोबास गर्नका लागी जग्गा खरिद गर्न  गरेको सहयोग बापत यो पुर्जा प्रदान गरिएको बताउँनु भयो ।
जिल्ला आयोजना कार्यन्वयन इकाइ सिन्धुपाल्चोकका ब्यबस्थापक भरत थापाले  बास्तबिक भुकमप पिडीत नछुटाउँन सबै पालीकाहरुलाइ अनुरोध गरिसकिएको र सोही बमोजिम पुनिर्माणका लागी हाबश्यक अनुदानका लागी सिफरिस गरिएको बताउँदै  पालीकाहरुले  सिफारिस गर्दा   पुर्ण अनुसन्धान गरि पाउँन पर्ने भए मात्र सिफारिस गर्न पर्ने बताउँदै अनुसन्धान नै नगरी जथाभाबी सिफरिस गरियो भने पालीकालाइ मात्र होइन पुरै प्रधिकरण लाइ नै समस्या पर्ने र सिफरिस कर्ता लाइ पनी अनाबश्यक झण्झट ब्यहोर्न पर्ने भएकाले एकीन गरेर मात्र सिफरिस गर्न पर्ने बताउँनु भयो ।
उाँहाले सिन्धुपाल्चोक जिल्लामा प्राय सबै भुकम्प पिडीत रहेको बताउँदे सबै पिडतहरुले समयमा नै पुर्न निर्माण गरेर अनुदानको सदुपयोग गर्न पर्ने बताउँनु भयो ।  जिल्लामा  ८८४  घर परिबारको  बसोबास गर्ने जग्गा   बसोबास गर्न योग्य नभएको जोखिममा  परेकाले पुन निर्माण प्रधिकरणाले प्रती परिबारलाइ जग्गा खरिद गर्नका लागी रु दूइ लाखका दरले अनुदान दिने निर्ण भएको र सोही निर्णय कार्यन्वयन गर्ने क्रममा यो पुर्जा बितरणा गरिएको जिल्ला आयोजना कार्यन्वयन इकाइका लेखा अधिकृत दिलबन्धु घिमीरेले बताउँनु भयो । उँहाका अनुसार  सरकारले दिने दुइलाखका दरले आउँने रकम १९ जनाले एकै ठाँउमा जग्गा खरिद गरेर घर निर्माण गर्ने भए पछी उक्त रकम सबै जग्गा खरिद गर्न जग्गा धनीलाइ दिने बिस्थापितहरको निर्णय अनुसार जग्गा धनी  जरे तामाङ्ग र जनकबहादुर तामाङ्गलाइ जग्गाको एक मुस्ट रकम  ३८लाख चेक हस्तानन्तरण समेत गरिएको हो ।यसरी दूइ लाख रुपैया अनुदान पाउँनेहरमा  भिम बहादुर लोप्चन,मानबहादुर तामाङ्ग,बिक्रम तामाङ्ग,मिलन तामाङ्ग, जितबहादुर कामी ,सोवले तामाङ्ग,रामकुमार सुनुवार , सुकलाल तामाङ्ग, आसामायाँ लोप्चन, तामबहादुर लोप्चन, न्हेमा तामाङ्ग भिम बहादुर तामाङ्ग, सुपलाल लोप्चन,मैते लोप्चन,कैले तामाङ्ग पेम्बा लोप्चन, रिसीङ्गमाइ तामाङ्गनी, सानुकान्छी तामाङ्गनी,सम्सेर तामाङ्गनी रहेको  समेत धिमीरेले जानकारी दिनु भयो ।
दिगो समधान परियोजनाको  संयोजनमा साबीक सेलाङ्ग वडा नं ८मा रहेका उक्त परिबारहरुलाइ सेलाङ्गकै वडा नं १ हाल जुगल गाँउपालकिा वडा नं १मा रहेको जनक र जरेको ४२रोपनी जग्गा खरिद गरेको र ४रोपनी बाटोमा परेका कारण ३८रोपनी जग्गा लिएर १९ घर परिबारलाइ दामासाहीले २,२ रोपनी जग्गा दिइएको दिगो समधान परियोजनाकी वकालती संयोजक सिता भुजेलले बताउँनु भयो । परियोजनाकी जिल्ला संयोजक आस्था प्रधानङ्गले स.युक्त पुर्जा पाएका १९ परिबारलाइ भवन निर्माण गरीसके पछी  कस कसलाइ कुन कुन भबन पर्छ त्यही हिसाबले पुर्जा छुट्याइदिएर स्थाइ समधान गरिने बताउँनु भयो ।उँहाका अनुसार ८८४मध्य यस अघी १५३ले पाइ सकेको र १९ जनाले अहिले पाएका र बाकी लाइ क्रमश ब्यबस्था गर्दे जाने योजना रहेको छ ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.