नवलपुरमा ग्रेडिङ तथा स्पाइरिङ कार्यक्रम सम्पन्न

युनाइटेड तेक्वान्दो डोजाङ सिन्धुपाल्चोकले नवलपुरमा ग्रेडिङ तथा स्पाइरिङ कार्यक्रम सम्पन्न गरेको छ ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगतमान ताल्चाभडेलको प्रमुख अतित्थ्यतामा नेपाली काँग्रेस इन्द्रावती गाउँपालिकाका संयोजक फुर्पा तामाङको सभापतित्वमा यो कार्यक्रम सम्पन्न भएको हो । ग्रेडिङ तथा स्पाइरिङमा डोजाङका प्रशिक्षार्थी राजकुमार तामाङ र पुर्ण तामाङले त्रिप्पल बेल्ट प्राप्त गरेको डोजाङका प्रशिक्षक बिक्रम तामाङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – बिगत ९ महिना यता डोजाङले तेक्वान्दो प्रशिक्षण दिदै आएको र यो तेस्रो पटकको ग्रेडिङ वृद्धि तथा स्पाइरिङ कार्यक्रम हो । उहाँका अनुसार १७ जना प्रशिक्षार्थी ग्रडिङ तथा स्पाइरिङमा सहभागी भएका थिए । कार्यक्रममा डबल बेल्ट भने सुवर्ण तामाङ,पुरण खत्री र शुष्मा तामाङले प्राप्त गरेका छन् । साथै अब हुने जिल्लास्तरीय तेक्वान्दो खेल माघ मसान्तभित्र नवलपुरमै सन्चालन गर्ने डोजाङका प्रशिक्षक तामाङले बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथीका रुपमा इन्द्रावती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्री लामा,ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक शिबराज क्षेत्री,जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.