प्रधिकरणको सम्मान प्रेमबहादुर कार्कीलाई

चन्द्रकला खत्री 
सिन्धुपाल्चोकजिल्लाके सुनकोशी गाउँपालिका वडन नं १,का प्रेमबहादुर कार्कीले प्रधिकरण बाट सम्मान पाउँनु भएको छ। उँहाले  सोमबार पहिलो किस्ता बापतको रकम घर नबनाएर फिर्ता गरेबापत प्रधिकरणले सम्मान गरेको हो ।


भूकम्प पीडित प्रेमबहादुर कार्कीले सोमबार सदरमुकाम चौतारामा आएर पुनर्निर्माण प्राधिकरणबाट पाएको ५० हजार अनुदान फिर्ता गर्नु भए पछी उक्त सम्मान पत्र पाउँनु भएको हो । घर बनाउन नसकेर अनुदान फिर्ता गर्ने जिल्लाका पहिलो लाभग्राही बन्नु भएका  कार्कीले पुनर्निर्माण प्राधिकरणको खातामा अनुदानको ५० हजार जम्मा गरेर अनुदान व्यवस्थापन कार्यालयमा आई भौचर बुझाएको निमित्त आयोजना व्यवस्थापक भरतकुमार थापाले जानकारी दिनु भयो  । लामो समयदेखि व्यवसाय गरेर राजधानीमा बस्दै आउँनु भएका कार्कीले २०७३ मा सिन्धु विकास बैंक सुकुटेबाट पहिलो किस्ताबापतको ५० हजार रुपियाँ लिनु भएको थियो ।उँहाले  समयसीमाभित्र घर बनाउन नसकेपछि रकम फिर्ता गरेको बताउँनु भयो  ।साविकको ठोकर्पा ४ मुलखर्क र हाल सुनकोशी गाउँपालिका १ का स्थायी बासिन्दा कार्कीले ठोकर्पा छाडेको लामो समय भएको थियो  । गाउँमा सयौं रोपनी जग्गा भए पनी ब्लड क्यान्सर भएको आमाको उपचारमा खर्च जुटाउने क्रममा भएभरको जग्गा बिक्री गरेर उपचार गर्दा पनी आमा र जगगा दूइ चिज गुमाउँनु भएका कार्कीले यसरी रकम फिर्ता गरेर उदाहरणिय बन्नु भएको छ ।  अनुदान रकम फिर्ता गर्न सदर मुकाम चौतारा आउँनु भएका  कार्कीले अब आफनो  जम्मा १ आना २ पैसा मात्रै जग्गा बाँकी छ, त्यो जग्गामा घर बन्दैन, त्यसैले अनुदान फिर्ता गरेँ ।’कार्कीको ठोकर्पामा १ आन २ पैसाबाहेक कतै पनि जग्गा छैन ।निजी आवास निर्माणका लागि लिएको अनुदान फिर्ता गरेपछि पुननिर्माण प्राधिकरणले कार्कीलाई सम्मानपत्र दिएर सम्मान गरेको थियो । प्रधिकरणले तोकेको समयमा नै रकम फिर्ता गरेकोमा हार्दिक आभार व्यक्त गरेको छ । निजी आवासका लागि अनुदान लिएर घर नबनाउनेहरुलाई अनुदान फिर्ता गर्न पुननिर्माण प्राधिकरणले अनुरोध गरेको थियो । यससँगै भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा अनुदान फिर्ता सुरु भएको छ

, ,
Lokpriyasamachar@. Powered by Blogger.