फरार प्रतिबादी पक्राउ


जिल्ला प्रहरी  कार्यालय सिन्धुपाल्चोकले फरार  प्रतिबादीहरुलाइ पक्राउ गर्ने काममा तिब्रता दिइरहेको छ । प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले सोमबार  अदलतबाट कैद दण्ड जरिवाना तोकी फरार रहेका प्रतिबादीहरुलाई खोजतलास तलास गर्दै जाने क्रममा सम्मानित जिल्ला अदालतबाट १ महिना कैद, रु २०००जरिवाना हुने गरी फैसला भई कैद जरिवाना असुल उपर गर्न बाँकी रहेका प्रकाश श्रेष्ठलाइ पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बिमलराज कणेल  का आनुसार सवारी ज्यान मुद्धाका प्रतिबादी सिन्धुपाल्चोक साबिक मान्खा ९ हाल बलेफी गा.पा. वडा नं.६ बस्ने बर्ष ३८ को प्रकाश श्रेष्ठलाई  सिन्धुपाल्चोककै . बाह्रबिसे स्थित बाह्रबिसे बजारमा  हिडि रहेको अवस्थामा फेला पारी पक्राउ गरेर  जिल्ला प्रहरी  कार्यालमा दाखिला गरेको थियो । जिल्ला प्रहरी कार्यलयले निज प्रतिबादीलाई  मंङ्गलबारसिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागी मंङ्गल बार नै जिल्ला कारागार शाखा चौतारामा पठाएको  छ ।


,
Lokpriyasamachar@. Powered by Blogger.