सामुदायिक स्वास्थ्य इकाईलाई जग्गादान

सिन्धुपाल्चोक जिल्ला स्थित भोटेकोशी गाउँपालिका  सामुदायिक स्वास्थ्य इकाई छगाम लिस्ती स्वास्थ्य इकाईलाई स्थानीय  समाजसेवी सानु कान्छा शेर्पाले जग्गा दान गर्नु भएको छ ।
स्वास्थ्य इकाइ भवन नभएको कारण स्थानीयलाइ उपचारमा समस्या देखीएकोले भबन  निर्माणका लागि सानुकान्छा शेर्पाले ९ आना २ पैसा २ दाम करिव ४ लाख बराबरको जग्गा दान गर्नुभएको हो  ।  उँहाले  आफूले गरेको जग्गा दानबाट स्वास्थ्य भवन निर्माण गरेर  ९ गते सो जग्गा दान गर्नुभएको हो  । उँहाले मालपोत कार्यालय चौतारामा सामुदायिक स्वास्थ्य इकाई छगामको नाममा जग्गा पास गरिदिनुभएको हो ।
भोटेकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक रेजिन्द्र सुवेदीको विशेष पहलमा जग्गा स्वास्थ्य इकाईको नाममा जग्गा नामसारी गरेर हस्तान्तरण गर्नुभएको थियो । जिल्ला मालपोत अधिकृत शान्ता बस्नेतले जग्गाधनी पूर्जा हस्तान्तरण गर्नुभएको थियोे ।
यसरी जग्गादान दिएर स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग गर्नुभएकोले समाजसेवी सानुकान्छालाई गाउँपालिकाको तर्फबाट विषेश धन्यवाद  दिँदै यसरी नै पालिकाको विकासमा आफूहरुले जे सकेको सहयोग पु¥याउन पालिकाका अध्यक्ष राजकुमार पौडेलले अनुरोध गर्नुभएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.