एक व्यक्ति मृत अवस्थामा फेला

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका कर्थलीमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । कर्थलिका स्थानिय ५३ वषिय गोरे तामाङ आज मृत अवस्थामा भेटिएका हुन् । हिजो परिवारनै आफन्तको छेवारमा गएर साझ घर फर्किएका थिए ।
घटनाबारे अनुसन्भान भईरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी तथा डिएसपि विमल राज कणेलले बताउनुभयो । यस्तै  काभ्रेको महाभारत गाउँपालिका २ गोकुलेमा पाँच वर्षीय बालकको हत्या भएको छ । जिल्लाको विकट क्षेत्रमा पर्ने सो गाउँका विजय घिसिङको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
काभ्रेका प्रहरी प्रमुख एपसी रविराज खड्काले घटनाको पुष्टि गर्नुभयो । ‘गत कात्तिक २६ गतेदेखि बालक हराएको हामीलाई खबर आएको थियो’, उहाँले भन्नुभयो ‘बालकको लास तीन दिनपछि सातविसे खोल्साको ढुंगामाथि भेटिएको स्थानीयले हामीलाई जानकारी दिए ।’
बालकको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको छ । स्थानीयले जंगली जनावरको आक्रमणबाट मारिएको दावी गरेका छन् । तर प्रहरीले भने घाँटी थिचेर हत्या भएको अनुमान गरेको छ । एसपी खड्काले बालकको घाँटी थिचेर हत्या भएको प्रारम्भिक रिपोर्ट आएको बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.