मौसमी फलफूलबाट परिकार

स्थानीय स्तरमा उत्पादन भएको  समाग्री हरुको सदुपयोग गर्दै  स्थानी स्तरमा खेर गइरहेका मौसमी फल फुल बाट  परिकारहरु बनाइने भएको छ ।  चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४का वडाअध्यक्ष शेर बहादुर श्रेष्ठको बिशेष पहल वडामा यो परिकार निर्माण गर्न लागीएको हो ।
चौतारासाँगाचोकगढी नगर पालीकाको कृषी पकेट वडा घोषणाको  लागी बिभिन्न कार्यक्रम गर्दै आएको वडाले यस पटक गाँउमा खेर गइ रहेको हल्होबेदलाइ परिकार बनाएर बजारमा ल्याउँन लागेको हो । नेत्रज्योती कृषी सहकारी  संस्थाको संयोजनमा वडाकार्यलयको आयोजनामा  तैयार गर्न लागेको उक्त परिकार निर्माणाको लागी नगर सुधार समितीले मेशनि उपलब्ध  गराउँन लागेको हो ।

वडाकार्यलयको  आर्थीक सहयोगमा हुन लागेको उक्त परियोजनाका कारण  वडा नं १४मा रहेका हल्होबेद तथा अन्य समयका  उत्पादन हुने र सदुपयोग नहुदा कुहीयर जाने मौसमी  फलफुलहरु बाट खाध्य बस्तुको उत्पादन हुन लागेकोमा वडा बासीहर खुशी भएका छन ।

यस अघी   नेत्रज्योती कृषी सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्न प्रयोग गरेर बिद्यालयमा खाजा खुवाइरहेको थियो । यसरी बिद्यालयमा दिबा खाजा खुवाउँदा पठनपाठनमा समेत सहज भएको र स्थानीय स्तरका उत्पाद बृद्धीमा सहज भएको थियो । यस पटक पनी कुहीएर जाने  बेमौसमी  फलफुल हरुको सदुपयोगमा काम गर्न लागेकोमा  स्थानीय  हरु लाभान्वीत हुने  भएका छन । 

Lokpriyasamachar@. Powered by Blogger.