चौतारामा आँखाशिबीर सम्पन्न


चन्द्रकला खत्री
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा दुइ दिने आँखा शिबीर सम्पनन भएको छ । मोतियाविन्दु भएका आँखाका विरामिहरुका लागि चौतारामा भएको दुईदिने आखा शिविरमा ३ सय ८७ जनाले आखाको परीक्षण गराएका छन् । यसैगरी ५४ जनाको अँखाको शल्यक्रीया समेत सफलताका साथ गरीएको छ। यी ५४ जना मध्य १ जनाको द्रिष्टीबिहिनको पनि अप्रेसन भएको छ । बिहीबार र शुक्रबार भएको अँखा शिविरमा सिन्धुपाल्चोक जिल्लाकै विभिन्न स्थानबाट आएर सेवा लिएका छन् । निशुल्क शिविर जिल्ला सामुदायिक आखा अस्पताल चौतरामा सन्चालन भएको शिविरमा काभ्रे जिल्ला देखि पनि बिरामी आएका थिए । तिलगंगा आखा प्रतिष्ठानका दक्ष प्राविधिक तथा चिकित्सकहरुले आखाको परीक्षण तथा उपचार गरेका हुन् । सो अँखा शिविर जिल्ला स्वास्थ्य कार्यलय र नेपाल रेडक्रस सोसाईटि चौतारा उपशाखाको आयोजनामा सम्पन्न भएको हो । शिबिरको प्रायोजक मेगा बैङ्रक नेपालले गरेका छन् । निशुल्क अँखाको परिक्षण तथा उपचारपछि लाभग्राही खुशि भएका छन् ।


, ,
Lokpriyasamachar@. Powered by Blogger.