बलेफी महासंघको अभियानमा प्रदेश सांसद नेपाल

नेत्रबहादुर बस्नेत/हरेक प्राणीहरु कुनै  न कुनै हिंसाबाट पीडित भएका हुन्छन् । यस्ता हिंसाको बिरुद्ध हामी सबै लागी पर्दा हिंसा सदाका लागी अन्त्य हुन सक्छ त्यसैले कुनैपनि खालका हिंसा भन्दा टाढा रहन र हिसांको विरुद्ध लाग्न प्रदेस सांसद सरेश नेपालले सबैलाई अनुरोध गर्नु भएको छ ।



उहाँले बलेफीमा आयोजित लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत कार्य क्षेत्रमा हुने लैंगिक हिंसाको अन्त्य लैगिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार भन्ने नाराका साथ बिहिबार बलेफिमा गरिएको  सभालाई सम्बोधन गर्दै प्रमुख अतिथिको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो ।
साथै उहाँले सामुदायिक वन महासंघले महिला सशक्तिकरणमा खेलेको भुमिकाको प्रसंसा  समेत गर्नु भएको थियो । बलेफी गाउँपालिकाको  आर्थिक सहयोगमा सामुदायिक बन उपभोक्ता महासङ नेपाल, बलेफीको आयोजनामा लैगिक हिंसा विरुद्ध सभा गरेको हो  ।
गाउँ गाउँबाट कार्यक्रममा सहभागी हुन आउनुभएका सहभागीहरुले लैगिक हिंसा विरुद्धको नारा लगाउँदै बलेफी बजार परिक्रमा गरेर सभामा परिणत भएका थिए ।
कार्यक्रमका बिषेश अतिथि तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बलेफी गाउपालिका समृद्धीमा महिलाहरुले ठूलो योगदान  रहने भएकोले महिलाहरुले सबै हिंसाबाट मुक्तहुने अभियान सञ्चालन गर्नपर्ने बताउनुभयो  । उहाँले गाँउपालिकाले महलिाहरुको लागी  आयआर्जन कार्यक्रम तथा बिभिन्न समुह कार्यक्रमका लागी बिशेष अनुदानको समेत व्यवस्था गरेको बताउँदै अब महीलाहरु पुरानो परम्परालाइ मात्र हेर्ने होइन परम्पराको जगेर्ना गर्दै बदलिँदो समय अनुसार आत्मा निर्भरतामा अगाडी बढ्न पर्ने बताउनुभयो । 
नेकपाका नेत्री अमृता नेपाल, फेकोफनका जिल्ला अध्यक्ष खेमराज आचार्य, अधिबक्ता शशिनाथ आचार्य र पालिकाका वडा अध्यक्षहरुले लैगिक हिंसा विरुद्ध भनाइहरु राख्नु भएको थियो । कार्यक्रम बलेफी बन महासङको अध्यक्ष टीका सुबेदिको अध्यक्षतामा सन्चालन भएको थियो ।
कार्यक्रममा बलेफी गाउपालिको उपाध्यक्ष कमला श्रेष्ठको स्वगत मन्तब्य राख्नु भएको थियो भने  राजेन्द्र कुमार भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । सो अवसरमा महासंघले जल्बिरेमा प्रदेश सांसद र स्थानियहरुको उपस्थितिमा प्रभातफेरी कार्यक्रम सहित बजार सरसफाइ पनि गरेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.