नगरपालीकामा बजेटबृद्धीको माग गर्दै बुझाए ज्ञापन पत्र


सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालीका वडा नं ११का स्थानीय नागरिकहरुले आफनो वडामा बिकाशका बजेट कमी भएको भन्दै नगरपालीकालाइ ज्ञापन पत्र बुझाएका  छन। कार्तीक २९गते वडाका  अग्रज तथा समाजसेबीहरु समेत भेला भइ नगरपालीकाले सबै भन्दा धेरै कर ११नंम्बर वडाबाट संङ्कलन गर्ने तर बिकाश बजेटमा अरु सरह बिनीयोजन गर्ने  गरेको भन्दै त्यसका लागी ज्ञापन पत्र बुझाइएको  स्थानीय समाज सेबी कमलराज गिरीले बताउँनु भयो । कार्तीक २९गते भएको भेलाले उक्त काम सफल पार्नका लागी एक संघर्ष समिती समेत गठन गरेको छ । जसमा संयोजकमा बिमलराज गिरी सहसंयोजकमा प्रदिप माझी सचिबमा रमेश माझी सहसचिब बेग बहादुर तामाङ्ग कोषाध्यक्ष कमलराज गिरी  र सदस्यहरुमा सुदिप माझी अर्जुन माझी  श्रीकृष्ण माझी   तेजबहादुर माझी ,सनम माझी बाजुराम पराजुली रेशम भुजेल  इन्द्र बहादुर माझी  हरिबहादुर भारती रहेको समिती गठन गरेको छ। त्यसै गरी  गठीत समितीले  आइतबार   कार्यपालीका सदस्य तथा१३वडाका वडाअध्यक्ष रामप्रसाद गौतम, तथा नगर प्रमुखलाइ ज्ञापन बुझाएको हो ज्ञापन पत्र बुझ्दै नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गले यस सम्बन्धमा आफले कार्य पालीकाको बैठकमा पेश गरेर छलफल गरि यस बिषयमा टुङ्गो लगाउँने बताउँनु भयो । संघर्ष समितकिा संयोजक बिमलराज गिरीको संयोजकतवमा नगर पालकिामा आएका प्रतिनिधीमण्डलले बुझाएको ज्ञापनपत्रमा  मेलम्ची प्रभाबीत वडा भए पनी   खेतीयोग्य जमिन नदीले कटान गर्दै लगेकोमा त्यस  तर्फ कुनै  ध्यान नदीएको  लगाएतका बिषय हरु उठाँउदै उक्त वडाबाट उठाइएका करहरु शत प्रतिशत वडामा नदिए सघर्ष गर्ने भनी एको छ । जसमा मंसीर ८गते बिहान ८बजे देखी १ घण्टा सम्म बन्देउ झ्ँयाडी सडक खण्ड बन्द गरिने ,९गते २ घण्टा १०गते ३घण्टा ११गते बिहान ७बजे देखी बेलुका ६ बजे सम्म १२गते देखी अनीश्चीतकाल बन्द गरिने  कार्यक्रम सार्बजैनिक गरिएको छ । अनीश्चित कालीन बन्दका साथै अन्य थप प्रभाबकारी संघर्षका कार्यक्रमहरु समेत सार्बजैनिक गर्दै जाने संयोजक गिरीले बताउाँु भयो । उक्त समितीले जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोक र जिल्ला प्रहरी कार्यलय मा समेत पत्र बुझाएका छन । 


, ,
Lokpriyasamachar@. Powered by Blogger.