नगरका कोही पनी नागरिक स्वास्थ्य सेवाबाट बञ्चीत नहुने पराजुली


लोकप्रिय समचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालीकाका उप प्रमुख जानुका पराजुलीले  नगरका कोही पनी नागरिक स्वास्थ्यसेवाबाट बञ्चीत हुन नदिने बताउँनु भएको छ । एाहाले बर्तमान सरकार प्रदेश नं ३ले बिद्यालयका बालबालीकालाइ समेत छिटो र स्तरिय स्वास्थ्य सेवा दिनका लागी एक बिद्यालय एक नर्सको अबधाराणा ल्याएर सिन्धुपाल्चोकको चौतारा र भिमटारमा यसको कायृन्वयनको शुरुवात गर्न लागेको बताउँनु भयो । उँहाले भीमटारमा शहरी स्वास्थ्य केन्द्र उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख पराजुलीले भीमटारका बासिन्दालाई सामान्य जुकाको औषधी सेवन गर्न पनि चौतारा, धुलिखेल धाउनुपरेकोले त्यस्तो अवस्था अब नरहोस् भन्नका लागि स्वास्थ्य केन्द्र सञ्चालन गरेको बताउनुभयो ।
उहाँले भीमटारवासी शिक्षा, स्वास्थ्य लगायत विभिन्न कुराबाट टाढा रहेकोमा अब बिस्तारै सबै सुविधा पाउने बताउनुभयो । उँहाले चौतारा साँगाचोकगढी नगरपालकिा सँधै आफना नागरिक स्वास्थ्य रहुन भन्ने कामनाका साथ अगाडी बढेको बताउँदै शिबीर संञ्चालन गरेर यँहाका मानीसलाइ उपचारमा थप सहयोग गरेकोमा जिल्ला स्वास्थयकायृलयका समुहलाइ बिशेष धन्यबाद समेत दिनुभयो । 
स्रोतव्यक्ति खिकादेवी नेपालले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य नै ठूलो धन हो, अभिभावक स्वस्थ भयो भने बालबालिका पनि स्वस्थ हुने बताउँदै शरीर स्वस्थ भयो भने सबै काम गर्न सकिने बताउनुभयो ।
त्यस्तै वडा नं. ११ का अध्यक्ष सुशिल माझीले स्वास्थ्यचौकी बनेकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले जनताको खुसी नै मेरो खुसी हो भन्नुहँुदै उन्नती र विकासको लागि आफ्नो वडाबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
भिमटारमा  सञ्चालन भएको स्वास्थ्यचौकीमा स्थानीय नागरिकलाइ थप सुबिधा दिनका लागी  कालिञ्चोक भगवती एग्रिगेट इन्ड्रष्टिज प्रालिका सञ्चालक कमलराज गिरीले एक जना कर्मचारीलाई उहाँको तर्फबाट तलव सेवा सुविधा दिने प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ्य विभागका शिव पुरीले आवश्यकता अनुसार सबै रोगहरुको निःशुल्क औषधी उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा ७० भन्दा बढी स्थानीयलाई जचाएर औषधीको प्रयोग गरेका थियो भने निशुल्क औषधी वितरण गरिएको थियो । भीमटारका स्थानीयले यस कार्यप्रति खुसी रहेको बताएका छन् । 


, , , ,
Lokpriyasamachar@. Powered by Blogger.