मुलुकमापहिलोपटकपुरुषदिवस मनाइयो



ललितपुर, मंसीर ३
स्वतन्त्रयुवाहरुको समूहहामीदाजुभाइको आयोजनामा नेपालमापहिलोपटक आजअन्तराष्ट्रिय पुरुषदिवस २०१८ मनाइएको छ ।



सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्, पुरुषहरुलाई असल र आदर्शपुरुषबन्नकालागिउत्प्रेरणा दिनआवश्यकभएको र बालकतथाकिशोरमाथिभइरहेको यौन दुव्र्यवहारका समस्या समाजमालुकि बसेकाले त्यसलाई उजागरगर्नु पर्ने उद्देश्यका साथपुरुषदिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले बताउनु भयो ।
पुरुषदिवस महिलाको अधिकारलाई संकुचीतपार्नका लागिनभई महिलाको अधिकार हनननगर्न पुरुषहरुलाई प्रोत्साहितगर्न र बालकतथाकिशोरहरुमाथिभइरहेको यौन दुव्र्यवहारको विषयमाथपजागरुकताल्याउनकानिम्तिआयोजनागरिएको संयोजक ठकुरीले बताउनु भयो । एक दिन नारी दिवस र बाली ३६४ दिनपुरुषदिवस भन्नु गलत हुन्छ । नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस हुन् तर कुनै एक दिनउनीहरुलाई लागि छुट्याउनु भनेको राज्यले उनीहरुको सहभागिता र आवश्यकतालाई सम्बोधन गरेको भनीहामीबुझ्नु पर्ने कार्यक्रममाप्रमुखअतिथितथापूर्व प्रधानन्यायधिस र ग्ल् ःभल ीभबमक ल्भतधयचप का सदस्य कल्याण श्रेष्ठले बताउनु भयो । नेपालको कानूनले महिलालाई जबरजस्ती करणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथिभएपनि उस्तै दण्डको व्यवस्था गरेको बताउनु हुँदै तर पित्तृसत्ताका कारण बालक र किशोरमाथिहुने धेरै दुव्र्यवहार र हिंसाका घटना बाहिर नआइरहेको अवस्थाबारे बताउनु भयो । नेपालमाबालकमाथिहुने हिंसा र दुव्र्यवहारको कुनै निश्चिततथ्यांकनभएपनि यस्तो अवस्थाभने डरलाग्दो छ । खासगरी पछिल्लो समय अमेरिकी, क्यानेडियन, राष्ट्र संघीय निकायकै कर्मचारीहरु पनिबालकमाथि यौन दुव्र्यवहारको घटनामा पक्राउ परेपश्चात यस बारेमा छलफल हुनथालेपनिहुनुपर्ने जति बहस अझै थालनीभइसकेको छैन । वरिष्ठ पत्रकार तथा नेपाल टलिभिजन विकास बोर्डका सदस्य टंक पन्तले एक अध्ययनअनुसार झण्डै एक चौथाई पुरुषहरु हिंसा र दुव्र्यवहारको शिकार हुने गरेको तथ्यउजागर गर्नु भएको थियो ।
सन् १९६० को दशकबाट सुरु भएको पुरुषदवसको आवश्यकताको बहस सन् १९९३–१९९४ मामिसौरी–कन्सास विश्वविद्यालयअन्तर्गतको मिसौरी पुरुषअध्ययन केन्द्रकानिर्देशकथोमस ओस्टरको नेतृत्वमाफ्रेब्रुअरी २३ मापुरुषदिवस भव्यताका साथमनाउन सुरु गरिएको थियो । तर त्यसपछाडि यो दिवस मनाउन छाडिएकोमासन् १९९९ मा ट्रिनिडाड टेंगो स्थिति वेस्ट इन्डिज विश्वविद्यालयकाइतिहासकाप्राध्यापक डा. जेरोम तेलकसिंले १९ नोभेम्बरलाई अन्तराष्ट्रिय पुरुषदिवसको रुपमामनाउन सुरु गरे र यसलाई विश्वव्यापीपनिबनाए ।दक्षिण एसियाकाभारत र पाकिस्तानमा समेत मनाइने यो दिवस नेपालमाभने यसैवर्ष देखि मनाउनथालिएको छ । विश्वमाचिन, अमेरिका, वेलायत, सिंगापुरु, दक्षिण अफ्रिका, डेनमार्क, नर्वे, अष्ट्रिया, जिम्बाबे, घाना, वेस्ट इन्डिज, फ्रान्स, इटाली लगायतकामुलुकमापनि यो दिवस मनाउँदै आइरहेको छ ।यस वर्ष संसारभर पोजेटिभ मेल रोल मोडल्स अर्थात् आदर्श पुरुषहरु भन्ने नाराका साथमनाइरहँदा नेपालमा३ःभत्ययअन्तर्गत नेपालीबालक र किशोरका दुव्र्यवहार र बलात्कारका विषयपनिउत्थानहुनुपर्ने सोचका साथ“किनकीबालकपनिदुव्र्यवहारमा पर्छन्”भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।
जावलाखेलबाटआजविहान ८ बजे सुरु भएको पदयात्रामंगलबजारमा कोणसभामा परिणत भएर समापनभएको थियो । फेस पेन्टिङ, कवितावाचन, लैंगिक हिंसा विरुद्धको रातो रिबन कार्यक्रम र ऐक्यकद्दता मन्तब्य रहेको थियो । कार्यक्रममा सञ्चारकर्मी रुपेश श्रेष्ठ र बालअधिकारकर्मी त्रिवेणी कुमार यादवले कवितावाचन गरेका थिएभने अधिकारकर्मी कविताशाहले नेपालमाबालकमाथिहुने यौन दुव्र्यवहारको अवस्थाबारे प्रकास पार्नु भएको थियो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.