पर्यटकीय क्षेत्रको लागि प्रवद्र्धन

राजेन्द्र तिमल्सिना/बाह्रबिसे नगरपालिका –९ अन्तर्गत भट्टटे भन्ने ठाउँमा पर्यटकीय क्षेत्रको लागि उपयुक्त र मनोरञ्जनले भरिपुर्ण ठाउँ भएता पनि यस ठाउँमा कसैले  पनि ध्यान नदिएको कारणले गर्दा यस ठाउँको पर्यटकीय क्षेत्र ओजेलमा परेको छ ।
बाह्रबिसे ९ राम्चे भट्टटे अन्तर्गत पर्यटकीय स्थलहरु तामाखानी मान्द्रे ढुङगा चुल्ठे ढुङगा खाग्रे गुफाहरु जस्ता महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरु एस ठाउँमा  रहेको छ तर एस ठाउमा येस्ता महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरु भयेतापनी येसै ठाउँका स्थानीय मानिसहरूले लगानी गर्न नसकेको र सरकारी निकायबाट पनि यस्ता महत्त्वपूर्ण ठाउँहरूमा ध्यान नदिएको हुँदा अरू पर्यटकीय क्षेत्रहरूको दाजोमा यस ठाउँ पछाडि परेको छ । यस ठाउ पछाडि पर्नुको कारण सरकारी निकायबाट बजेट नपरेकोले र यस्ता पर्यटकीय ठाउँहरू भएता पनि स्थानिय ठाउँका विशिष्ट ब्यक्तिहरूले कुनै पनि चासो नराखेकोले आज यस प्राकृतिक सम्पदाको महत्व कम र लोप हँुदै गएको अवस्था देखिएको छ ।
यस ठाउँमा पर्यटकीय स्थलहरू चुल्ठी ढुङ्गाबाट प्यारासुट प्याराग्लाइडिङ गर्न र खाग्रे गुफामा पहिले देखि नै देवी देवताको बसोबास गर्न गुफा र त्यहा गाईका थुनहरू ,त्यस गुफा भित्र घरको आकार देखिने र यस गुफाको बाहिरी भागमा नजिकैबाट हेर्दा केही नदेखिने र टाढाबाट हेर्दा तामाङको सस्कृती अनुसारको माने जस्तो देखिने आकारको छ ।यश ठाउँका बासिन्दाहरूको भनाइ अब यस ठाउँमा हामी बासिन्दाहरूको मात्र ध्यान आकषर्ण भएर हुदैन ।
सम्बन्धित क्षेत्र वा सरकारी निकायहरूबाट पनि यस लुकेको रमणीय पर्यटकीय ठाउँमा ध्यान दिनुपर्ने र यस ठाउँको महत्वलाई झल्काइ राख्नु पर्न र यस्ता महत्वलाई जोगाइ राख्नुपर्छ भनेर यहाँका बासिन्दाहरूले बताउँनुभएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.