चौसागढी १३ मा सार्वजनिक सुनुवाइ सम्पन्न

चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३ मा वडा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।
वडाअध्यक्ष रामप्रसाद गौतमको अध्यक्षतामा भएको सार्वजिनक  सुनुवाइको  कार्यक्रममा नगरपालिकाका  प्रमुख  अमानसिं तामाङ प्रमुख अतिथिको रुपमा उपस्थित हुभएको थियो भने प्रमुख प्रशाशकीय अधिकृत इन्द्र बस्याल, नगर सुधार समितिका सचिव कृष्णबहादुर ठकुरी लगाएत वडाका राजनीतिक दलका प्रतिनिधि, गैर सरकारी संघसंस्थाका  प्रतिनिधि, साँगाचोक श्रोत केन्द्रको श्रोत व्यक्ति खीकादेवी नेपाल विद्यालयका प्रअहरु विद्यालय व्यवस्थापन समितिका, अध्यक्षहरु, तथा स्थानीय सरोकारवाला, विद्यार्थी लगाएतको उपस्थितिमा श्री सेतीदेवी माध्यमिक विद्यालय कोटडाँडाको प्राङ्गणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख अमानसिं तामाङले नगरपालिकालाई समृद्ध नगर निर्माण गर्नका लागि  सबै मिलेर अगाडी बढ्न परेको छ ।  यहाँहरुले दिएको सल्लाह र सुझाबका आधारमा नै नगरपालिकाले योजनाहरु निर्माण गरि  विकासका कामहरु अगाडी बढाइरहेको छ ।  समस्या परेका कामहरु लिएर नगरमा आउनुहोस् विकासका कामहरुलाई हामी यो पाटी त्यो पाटी भन्दैनौं तर समस्याको आधारमा विकासका कार्यक्रमलाई सम्बोधन गर्छौ भन्नुभयो । 

उहाँले १४ वटै वडाका समस्यालाई मध्यनजर राखेर काम गर्न पर्छ त्यसैले सबैलाई समानरुपले मिलेर विकासका काममा अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले १३ नम्बर वडाको जल्केनीबाट शुरु भएको सडकको कालोपत्र गर्ने कामका लागि सबै मिलेर अगाडी बढ्न पर्ने बताउँदै सबैको सहयोगमा मात्र विकासको निर्माण सम्भव हुने बताउनुभयो ।
उहाँले  विकासको काममा पैसामात्र भएर हुँदैन स्थानीयको इच्छा शक्ति पनि चाहिन्छ त्यसैले इच्छा शक्ति देखाएर माग गरिएको योजनालाई प्रथमिकतामा राखेर काम गरिरहेको बताउँनु भयो । उहाँले गाँउमा नै रोजगारको व्यवस्था गरेर युवाहरुलाई बिदेशिनबाट रोक्नका लागि बिशेष कार्यक्रमहरु लागु गरिएको बताउँनु भयो । प्रमुख प्रशाशकीय अधिकृत इन्द्रबस्यालले सहभागीहरुबाट राखिएको जिज्ञासाको जवाफ दिँदै नगरपालिकाले आर्थिक स्थिति कम्जोरीका कारण विद्यालय जानबाट बञ्चीत रहेका बालबालिकाहरुलाई आगमी वर्षदेखि विद्यालयमा जाने वातवरण नगरपालिकाले बनाउँने बताउँनु भयो । उँहाले स्थानीय नागरिकहरुको  माग बमोजिम नगरपालिकाले  काम गरिरहेको बताउँदै नगरपालीकाले उठाउँने गरेको सम्पतीकर समान्यमा रहेको बताउनुभयो । उहाँले यो कर बिगतको धुरी कर भन्दा महङ्गो नभएको बताउँनु भयो । 
कार्यक्रममा श्रोत ब्यक्ती खिकादेबी नेपालले  सबै बालबालिकाले गुणस्तरिय शिक्षा पाउँन पर्छ नगरमा कोही पनि ब्यक्ती शिक्षाबाट बञ्चीत हुन नपरोस् भनेर बिशेष योजनाहरुको शुरुवात गरिरहेको बताउनुभयो । वडा सचिब दुर्गाप्रसाद ढुङ्गेलले वडामा भए गरेका कामहरु योजनाका बिषयहरुका साथै वडाका गतिबीधिका बारेमा प्रकाश पार्नु भएको थियो । वडाअध्यक्ष गौतमले वडाका समस्याकाबारेमा आफुले जानकार रहे सम्म समधानमा लागिरहेको बताउँदै आगामी दिनमा अझ शसक्त ढङ्गले अगाडी बढ्ने बताउनुभयो ।
उहाँले घरेलु मदिराका कारण समय समयमा वडामा बिभिन्न झगडाहरु  भइरने गरेकाले मदिरा उत्पादन तथा बिक्री बितरणमा वडाबाट  कडाइ गरिएको र यसलाइ निरन्तरता दिइरहने बताउँनु भयो । 
नगर सुधार समितिका सचिब कृष्णबहादुर ठकुरीले नगरपालिकाबाट सहयोग भएमा खेती योग्य जमीनको सदुपयोगका लागि बिशेष कार्यक्रम गर्ने, कृषि उत्पदानका लागी बिशेष व्यवस्था गर्दै गाँउमा खेर गइरहेको मौसमी फलफुलहरु जस्तै हलुवाबेत, नास्पती जस्ता चिजहरुको जाम बनाएर बिदेशमा समेत पैठारी गरेर आम्दानीको श्रोत बनाउनका लागि नगर सुधार समिति तयार रहेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन पत्रकार महासंघका ज्ञानेन्द्र तिमल्सिनाले गर्नु भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.