मानव अधिकार उल्लंघनका घटना बढ्दै

गत वर्षको तुलनामा यो आर्थिक वर्षमा सिन्धुपाल्चोकमा मानव अधिकार उल्लंघनका घटना वढेर गएको छ । राष्ट्रिय  मानव अधिकार आयोग ईन्सेक सिन्धुपाल्चोकका अनुसार यो वर्ष सिन्धुपाल्चोकमा ब्यक्तीगत हत्याका ६ वटा घटना भएका छन् ।
ईन्सेकका सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार महिला अधिकार उल्लघनका १५ घटना भएका छन् । जसमा बलात्कारका घटना ६ ओटा भएकामा ५ जना कानुनि प्रक्रियामा रहेको र १ जना अझै फरार रहेका छन् । जवरजस्ति प्रयासका एउटा घटना घटेकोमा त्यो कानुनि प्रक्रियामा गईसकेको छ ।
यस्तै सिन्धुपाल्चोकमा बोक्सि आरोपमा १, बहु विवाह २, यौन दुब्यवहारका एउटा घटना घटेका छन् । यस्तै नया मुलुकि ऐन पछि लागु भएको सार्वजनिक शान्ति विरुद्धको कसुरमा एउटा घटना अभिलेखिकरण भएको छ ।
ईन्सेकले मानव बेचविखन सम्बन्धि एउटा उजुरी परेपनि दुबै पक्षबिच मिलापत्र गराउने कार्य समेत भएको जनाएको छ । यस्तै बाह्रविसेमा हिरासतमा रहेकालाई यातना दिएपछि स्थानियले त्यसको विरोध गरेपछि पीडितसँग माफी माग्ने घटना समेत यो वर्ष भएको उल्लेख गरेको छ । यस्तै यो वर्ष हालसम्म जिल्लामा बाल अधिकार उल्लंघनका घटना १९ वटा दर्ता भएका छन् । जसमा बालिका बलात्कार, बलात्कार प्रयास, यौन हिंसादेखि दलित भएको भन्दै सामाजिक विभेद गरी पछि मिलापत्रका घटना समेत भएको छ ।
यसरी  यो आर्थिक वर्षमा सिन्धुुपाल्चोकमा ४२ वटा मानव अधिकारका घटना अभिलेखिकरण भएकोमा ४५ जना पीडित र ४९ जना आरोपित रहेका छन् । यसैगरी ईन्सेकले लैङ्रगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ वार्षिक पुर्व समिक्षा कार्यक्रम चौतारामा सम्पन्न गरेको छ । कार्यक्रममा सामाजिक अभियान्ताहरुले लैङ्गिक हिंसा पीडितका लागि सामाजिक पुनस्थापना तथा पुनर्मिलनमा सहजताको खाचो औलाएका थिए ।
कार्यक्रममा सामाजिक अभियान्ता चरीमाया तामाङले विगत र अहिले हिंसा गर्ने स्वरुप फेरीएको उल्लेख गर्नुभयो । नेपाल बार एशोसिएसनका अध्यक्ष भेषराम ढकालले सविधानको धारा ४८ मा मौलिक हकको १० वुदा उल्लेख गरीएकोमा नया मुलुकि एैनमा पनि फौजदारी देवानि संहिता हिंसा न्यनिकरण गर्ने र समाप्त गर्ने उद्देश्यले आएका लगाउनुभयो ।
कांग्रेसका क्षेत्रिय सभापति टंक कार्किले सरकारको पछिल्लो गतिविधिले महिला हिंसा न्युनिकरणका घटनामा सरकार कमजोर देखिएको टिप्पणि समेत गर्नुभयो । छलफलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख देखि विभिन्न निकायमा कार्यरत सामाजिक अभियन्ताहरु सहभागि भएका थिए ।

,
Lokpriyasamachar@. Powered by Blogger.