चौतारा बसपार्कमा प्रहरीको अन्तरक्रिया


लोकप्रिय समचार
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले सवारी दुर्घटना हुने कारण र समाधानका उपायहरु  सम्बन्धि कार्यक्रम  गरेको छ
शुक्रबार  चौतारा साँगाचोकगढी न.पा.वडा नं. ५ स्थित चौतारा को नँया बसपार्कमानिमीक्त  प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे  जिल्ला प्रहरी  कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक  मुकुन्द मरासिनीट्रफिक प्रहरी तथा अन्य समाजसेबीहरुको बिशेष उपस्थितिमा अरनिको यातायात व्यवसायी समितिको प्रतिनिधि, चालक, सहचालक हरु सँग यस बिषयमा छलफल गर्नुका साथै यस बाट बच्ने उपायहरको बारेमा  छलफल केन्द्रित रहेको थियो ।  यातायात मज्दुर ब्यबसायी एवं स्थानिय बासिन्दाहरु समेत लाइ  सवारी दुर्घटना हुने कारण र समाधानका उपाय, ओभरटेक गर्दा र साईड दिँदा साईड लाईट बाल्ने तरिका,का बारेमा जानकार िगराइएको थियो । कार्यक्रममा सवारी चालकहरु तथा सहचालकहरुको गुनासो तथा समस्या सम्बन्धमा  समेत छलफल गरिएको थियो । जिल्लामा  दुर्घटना हुनै नदिन  र दुर्घटनाको सम्भाबीत स्थानहरुमा कसरी सतर्क रहने भन्ने बिषयमा समेत जानकारी गराइएको थियो । जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक  बिमलराज कर्णेलका अनुसार चाडबाडका समय तथा अन्य दिनहरुमा पनी   सबारी सञ्चालन गर्दा ध्यान दिन पर्ने  बिषयमा  समेत सचेत गराइएको थियो ।  उँहाले सबारी नियम उलङ्घन गर्ने जो कोही लाइ पनी  कार्बाही गरिने  समेत बताँउदै  समाजमा कुनै पनी अप्रिय घटना घट्न नदीन र घटीहालेमा तुरुन्त नजीकको प्रहरी कार्यलयमा  सम्पर्क राख्न  समेत अनुरोध गर्नु भएको छ । 


, ,
Lokpriyasamachar@. Powered by Blogger.