‘नगरपालिकाको हरेक वडामा खेलको विकास गर्ने’

लोकप्रिय समाचार/खेलकुदको विकास भयो भने मात्र  मानिसको स्वास्थ्यको विकास हुने हुँदा सानै उमेरदेखि खेलकुदलाई पनि सँगै लैजान पर्ने नगर प्रमुख अमानसिं तामाङले बताउनुभएको छ ।
उहाँले अब चौतारा साँगाचोकगढी नगरपालिकाले हरेक वडामा  खेलकुदको पनि विकास गर्ने बताउनुभयो ।
जहाँ–जहाँ  बालबालिकाहरुको स्वास्थ्यको लागि विषेश कार्यक्रम गरिन्छ त्यहाँका मानिसहरु स्वस्थ रहने र उनीहरुको आयु पनि एक हिसावले लामो रहेको आफूले पाएको हुँदा बालबालिका देखिनै खेलकुदको लागि पनि विषेश व्यवस्था गर्नुपर्ने बताउनुभयो ।



उहाँले उक्त कुरा हिराहरी तेक्वान्दो डोजाङले गरेको शुभदिपावली तथा छठको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै बताउनुभएको हो ।
बालबालिकाहरुलाई शिक्षासँगै खेलकूदको पनि व्यवस्था गर्न सके उनीहरुको भविष्य स्वस्थ र सक्षम रहने भएकाले आफूले चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत १४ वटै वडामा र सिन्धुपाल्चोक जिल्लामा समेत खेलकूदको लागि विषेश व्यवस्था गर्न लागेको बताउनुभयो ।
चौथौं जिल्ला तेक्वान्दो प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रेस युनियनका जिल्ला अध्यक्ष ध्रुव दंगालले नगर प्रमुखलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रम हिराहरी तेक्वान्दो डोझाङको संस्थापक तथा डोझाङ प्रमुख रमेश गुरुङले सञ्चालन गर्नुभएको थियो । 

,
Lokpriyasamachar@. Powered by Blogger.