उत्पादनमा कमी आएपछि स्थानीयमा चिन्ता

राजेन्द्र तिमल्सिना/सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुर्याउने बाढी पहिरोले हो । बाढी पहिरोले गर्दा मानवीय जीवनमा धेरै क्षति पुर्याएको छ । यसका साथै बालीनाली, बोटविरूवा, पशुपंक्षि लगायत अन्य वस्तुुहरूमा असर पुर्याइराखेको छ ।
बाह्रबिसे नगरपालिका–९ अन्तरगत पखेरा गाउँमा केही वर्ष अघि सिंचाइका योजना तयार पारी यसलाई निरन्तरता दिई कार्य सम्पन्न गरिएको थियो । खेतीपाती, तरकारीहरू लगायत अन्य बालीनाली राम्रोसँग फस्टाएको थियो । त्यस गाउँका कृषक, वासिन्दाहरूले सुखमय जीवन बिताइराखेका थिए । तर हालसालै गएको बाढीले अधेरी खोलाबाट सिचाइका लागि भनेर ल्याएको पानीका मुहान र नालाहरू भत्किएपछि सिचाइका लागि भनेर ल्याएको पानी गाउँसम्म पुगेको छैन ।
यसले गर्दा पहिलेको दाँजोमा हेर्दा अहिले खेतीपाती तरकारी बाली कम मात्रामा उत्पादन भएको छ । यसै कारण पखेरा गाउँका मानिसहरू चिन्ताजनक छन् । अब यस सिचाइको योजनालाई फेरि निरन्तरता दिने र कहि कतैबाट सर सहयोग मिलेमा यसलाई मर्मत गर्ने र बालीनालीलाई पहिलेकै स्तरमा ल्याउने क्षमता भने गाउँका मानिसहरूमा देखिन्छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.