हामी अधिकारका लागी आन्दोलन गर्दै छौ बिमल गिरी


सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ११ साविक साँगाचोक गाविस–८ मा पिता डम्बरबहादुर गिरी र माता डम्बरकुमारी गिरी कोखबाट जेठो छोराको रुपमा जन्मनुभएका विमलराज गिरी जो हाल समाज सेवाको रुपमा कार्यरत रहनुभएका विमलराज गिरीसँग स्थानीय सरोकारका विषयलाई लिएर गरिएको छोटो कुराकानीको सारंशः

तपाई अहिले के गर्दै हुनुहुन्छ ?

हाल समाजसेवा, विकास निर्माण, वर्गहितका कार्यमा निरन्तर लागिरहेको छु ।  शिक्षा बिाश तथा वडाका निम्न आय भउका ब्यक्तीहरुको आय स्तर बृद्धीका लागी वडा तथा अन्य दाताहरु सँग मिलेर काम गरिरहेको छु ।
वडावासीको हितका लागि संघर्ष समिति निर्माण गरी आन्दोलन गर्ने योजनामा हुनुहुन्छ किन र केका लागि ?
म पहिलादेखि नै सामाजिक हितमा काम गर्दै संघर्षबाट नै आएको र हुर्केको ब्यक्ती  हुँ । हामी ११ नंम्बर वडा बासीहरु अरु वडा भन्दा पछाडी परेका छौ ।  हामी हाम्रो अधिकारका लागी  आन्दोलन गर्दै छौ । सिमाकृंत बस्तीको बाहुल्यता रहेको योवडालाइ अगाडी ल्याउँनका लागी हामीले काम गरिरहेका छौ । वडा नं. ११ बाट मात्र बार्र्षीक२३ करोड कर राज्यले उठाउँछ । तर राज्यले यताक रकम यो वडा बाट उठाउँछ विकास बजेट अन्य वडा सरह दिन्छ । यसमा हामीले अरु आम्दानी नगर्नेर गर्नेलाइ एउटै स्थानमा राख्न  भएन भनेका छौ। हामी  मेलम्ची खानेपानी प्रभावित मध्ये सबैभन्दा बढी कष्ट खेप्ने ठूलो भुगोल भएको वडा मा बसोबास गरेका छौ । मेलम्ची खानेपानीबिकाश समितीले यस्ता प्रभाबीतहरुको बिकाशका लागी बजेट अनुदानको ब्यबस्था गरेको छ तर त्यसमा पनी हामीलाइ पछाडी पारियो । त्यसले पनि सम्बोधन गरेन । हामीलाइ विषेश कार्यक्रम दिएन, शिक्षाको बिकाशका लागी विद्यालय हाम्रोे वडामा १ मावि ३ वटा आधारभूत विद्यालय छन् जहाँ पर्याप्त दरवन्दी छैनन् ।

वडाका अरु समस्याके के छन 

समस्या धेरै छन रोजगारी समस्या ठूलो छ । विषयगत शिक्षक छैनन् । घेराबार छैन विद्यालय चलाउन सक्ने अवस्था छैन । विद्यालय जाने बालबालिका वडा नं. ११ का सडकबाट उडेको धुलो छारो धुँवा खान वाध्य छन् । सडकमा हिँड्ने अवस्था छैन । बन्देउ झ्याँडी सडक र मध्ये पहाडी लोकमार्गमा उडेको धुलो धुँवा छारोले सडक दाँयाबाँया २०० मिटर जंङ्गलमा घाँस स्याउँला समेतमा फोहोर भएका कारण  घाँस स्याउँला समेत गाईबाख्राले खान छोडी सकेका छन् । नदी प्रदुषण मार खेप्नुपरेको छ र प्रचण्ड गर्मी सहनु परेको छ । वर्षातको बाढीले आफ्नो जमीन बगाएर लाँदा समेत संरक्षणको पहल भएको छैन । त्यसका लागि संघर्षमा आएका छौँ । यो  आन्दोलन   सम्पूर्ण वडा बासीको हितका लागि गरिँदैछ ।

वडा नंं.  ११ बाट उठेको रकम नगरपालिकामा जान्छ की प्रदेश र केन्द्रमा जान्छ ? 

नगरले ठेक्का लगाउँछ । उसैको खातामा जम्मा हुन्छ, त्यसकारण नगरसँग माग पेश गरेका हौँ । केन्द्र, प्रदेशको कुरा अलग हो । हामी वडाबासी नगरपालिका जान्दछौँ ।

आन्दोलन कहिलेदेखि के के कार्यक्रम छन् ? 

हामीले मंसिर ७ गतेसम्मका लागि ज्ञापन पत्र दिएका छौँ । यहि सो समयसम्म मागका विषयमा सम्बोधन नभए मंसिर ८ गतेबाट बन्देउ झ्याँडी सडक बन्द गर्ने जसमा ंमंसिर ८ गते १ घण्टा ९ गते २ घण्टा, १० गते ३ घण्टा, ११ गते ७ बजेदेखि बेलुका ६ बजेसम्म र १२ गतेदेखि अनिश्चितकालिन सडक बन्दका कार्यक्रम छन् । 

त्यसबेलासम्म माग सम्बोदन नभए के गर्ने सोचमा हुनुहुन्छ ? 

यदि माग प्रति बेवास्ता भएमा संघर्ष समितिको बैठक बसी थप संघर्षका कार्यक्रम घोषणा गर्ने छौँ । यो आन्दोलन जनताको विकाससँग जोडिएको हुनाले यसलाई कसैले तुहिने कोसिस भए अविसाप हुनेछ । हामीलाई कमजोरीको रुपमा राज्यका तर्फबाट नहेरियोस् वडा नंं. ११ बासीको भलाईको लागि विकासका लागि नैयो कार्यक्रम सुरु गरिएको ।

अन्तमा केही भन्नु छ की ? 

ज्ञापन पत्र बुझाउँदा जिल्ला प्रशासन, समन्वय नगरपालिकामा सकरात्मक कुरा भएको छ । सम्बन्धित निकायले समयमा नै ध्यानको माग सम्बोधन गर्दा समुदाय वडा सबैको विकास हुने हो यसमा नगरको पनि इज्जत बढ्ने छ । समुदाय÷वडाबासी दुखीत तथा पीडित भएकाले पीडाको मूल्य कति हुन्छ । सबैलाई ध्यान होस् भन्दै  तपाइको लोकप्रिय समचार मार्फत       मेरो भनाइ राख्न दिनु भएकोमा लोकप्रिय समचार परिबारलाइ हार्दीक धन्यबाद दिन चाहान्छु  ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.