आयो चौक दाउको मेरो मायाँ कतारमा...


काठमाडौं ।
चलचित्र ‘चौका दाऊ’को नयाँ गीत मेरो मायाँ कतारमा सँधै हतारमा...को भिडियो बिहिबार साँझ रिलिज गरिएको छ ।


निर्माण संस्था सौर्य प्रोडक्सनले यो गीतको  भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरेको हो ।
आगामी २७ पौषबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रलाई सौर्य प्रोडक्सनले निर्माण गरेको हो ।
चलचित्रका कथाकार एवम् परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यो गीतको संगीत गरेका हुन् । श्री पुरुष ढकालको शब्द रहेको यो गीतलाई शम्भुजीतसँगै सुमन गुरुङले गायका छन् ।
यो आईटम गीतमा सोनीका केसीको निकै कामुक शैलीको आईटम नृत्य रहेको छ । यो नृत्यमा सोनीकाको कामुकतामा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई लगायतलठ्ठिएको दृष्य हेर्न पाईन्छ । गीतको नृत्य निर्देशन बसन्त श्रेष्ठले गरेका हुन् ।
गीतको अन्त्यमा अभिनेत्री वर्षा राउत प्रस्तुत हुन्छिन् । वर्षसँगै अभिनेता अजश्र ढुँगानाको पनि नृत्य हेर्न सकिन्छ ।
यो चलचित्रमा वर्ष राउत, अजश्र ढुँगाना,  विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई, निर्मल शर्मा, सोनिका केसीलगायतको अभिनय छ ।
दीर्घ गुरुङको छायाँकन रहेको यो चलचित्रमा मित्रदेव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको नृत्य निर्देशन छ । चलचित्रलाई सौर्यजीत बाँसकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.