छोटो समयमा नै मुनाफा बढाउँदै सिन्धु

बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा भइरहेको बेला सिन्धु विकास बैंकले एक त्रैमासिकमा नै करोडौ रुपैंया मुनाफा गरेको समाचार प्राप्त भएको छ ।
विशेष गरी सिन्धुपाल्चोक कै पहिचान बोकेको सिन्धु विकास बैंकले छोटो समयमा नै यसरी मुनाफा बढाउन सफल भएकोमा बैंकका सदस्यहरु खुशी भएका छन् । यता जिल्ला बासीहरु पनि कुशल व्यवस्थापनका कारण यो सम्भव भएकाले बैंक प्रति सबैको विश्वास बढ्दै गएको बताउन थालेका छन् ।

 बैङ्कले चालु आर्थिक प्रथम त्रैमासिकमा  मात्रै एक करोड एक लाख ६० हजार मुनाफा आर्जन गरेको  बताइएको छ । बैंकले प्रथम त्रैमासिकमा १० लाख ९५ हजार मात्र मुनाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा यस  आर्थिक बर्षको पहिलो त्रैमासमा ८२७.८५ प्रतिशतले मुनाफामा  बृद्धि गरेको हो  । सिन्धु बिकाश बैङ्कले अघिल्लो बर्षको तुलनामा निक्षेप १३.९९र कर्जा लगानीमा ८.४९ प्रतिशतले बृद्धि गरेको छ ।
बिशेष गरी कर्जा लगानीमा अगाडी बढीरहेको सिन्धु विकास  बैंकले यस वर्षको असोज मसान्तसम्ममा एक अर्ब ९३ करोड ९९ लाख चार हजार निक्षेप संकलन गरी एक अर्ब ४८ करोड २९ लाख २२ हजार कर्जा परिचालन गरेको छ । बिशेष गरी प्रकृया पूरा गर्नका लागी आवश्यक कार्यहरुलाई तत्काल गरेर सेवाग्रहीलाई तत्काल माग बमोजिमको कर्जाको मुल्याङ्कन गरी दिन सकिने अबस्थामा तत्काल दिने र नसकिने अबस्था भए कारण सहित नसकिने भनी सेवाग्रहीको मन जितेर काम गरेकै कारण बैङ्कले यो मुनाफा लिन सफल भएको हो । 
खास गरी बैंकहरुको मुनाफा धनै कै ब्याज अशुलीमा हो । यस वर्ष मात्र बैकले दुई करोड ९६ लाख ५८ हजार खुद ब्याज आम्दानी गरेको छ । सिन्धु विकास बैंकको ब्यबस्थित ब्यबस्थापनका कारण मुनाफामा गएको सेवाग्राहीले बताइरहेको अवस्थामा बैंकले पनि सेवाग्रहीको मन जित्दै जाँदा आगामी दिनमा अझ बढी प्रगति हुने देखिन्छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.