गौराती मेलामा मनोरन्जनको पनी ब्यबस्था गरेका छौ संजबि तामाङ्ग


सिन्धुपाल्चोक जिल्ला चौतारा साँगचोकगढी  नगरपालीका  साबकि पिपल डाँडा गाबसि वडा नं ७मा२०४८माघ २५गतेका दिन  पिता लाक्पा तामाङ्ग र माताँ आशामायाँ तामाङ्गका जेष्ठ सुपुत्रका रुपमा जन्मनु भएका बाषर््ा २७का संजीब तामाङ्ग जो कोहीले पनी नाम सुनेको हुन पर्छ । जसले सानै उमेर देखी सामाजीक काममा अग्रसरता रही आउँनु भएको थियो ।  स्थानीय युवा तथा समाजसेबीका नामले चिनीदै आउँनु भएका तामाङ्ग २०६३,साल देखी नै गौरातीका युवाहरु बिच सम्मन्वय गरेर धर्म र संस्कृतीको जगेर्नका लागी क्रियाशिल रहनु भएको थियो  ।

पछिल्लो समयमा आएर जिल्लाकै बिश्वास बोकेको चौतारा स्थित उज्यालो बचत तथ क्रृण सहकारी स.स्थाको साधरण सभाबाट सचिब पदमा भारी मतले बिजय भइ सहकारीताका माध्यमबाट समेत मानब बिकासका लागी अगाडी बढी रहनु भएका गौराती भिमसेनबिकाशयुवा मन्चका सचिब समेत रहनु भएका  तामाङ्ग सँग आगामी मंसीर ७ हुने  ऐतीहासिक गौराती मेलाका सेरो फेरोमा रहेर गरिएको छोटो कुरा कानी को अशं

 १  तपाइ गौराती मेलाका का लागी बढी सक्रीय रहनु भएको छ यँहको कारण  बताइ दिनुहोस न । 

बिगत धेरै बर्ष पहिले देखी आफना पिता मातालाइ थाहा भए देखी गौरातीको महीमा का बारेमा सुन्दै आएको थिए  र म  सानै उमेर देखी नै मेरा पिता तथा माताहरुले केही भयो की गौराती भिमसेन मा गएर रोग  निको होस भन्ने गरेको र रोग  निको हुने गरेको थियो । पछी मैले जान्ने हुँदा पनी कही कसैलाइ केही रोग लाग्यो भने गौराती आउँने गरको थाहा पाइयो  । यसको अर्थ गौराती भिमसेन सँग समस्या समधानका लागी भाकल गर्ने चलन रहेछ । भिमसेन थानमा गएर आफुलाइ परेको समस्याका बारेमा मन्दीरमा रहको मुर्तीलाइ भनेर भाकल गरे पछी समस्या समधान हुने र मनले मागेको माग पुरा हुने बिश्वास आफु लाइ पनी लागेको हुदाँ म यसको संरक्षण र सँम्बर्धनमा लागेको हु ।   मैले जाने
 सम्म सिन्धुपाल्चोकका मात्र होइन पुर्बमा झापा दार्जलिङ्ग र पश्चीममा भैरहबा बुटवल देखी मानीसहरु आएर दर्शन गर्ने गरेका छन । छिमेकी राष्ट्र्र भारत र चिनका नागरिकहरु समेत याँहा आएर दर्शन गरेको हामीले देखेका छौ यस्तो जिल्लाकै पैशिद्ध र शक्तीशाली भिमसेन मन्दीरको संरक्षण गर्न सक्यो भने हामी मानीसलाइ राम्रो हुनका साथै देशको पहिचानका लागी पनी यसलाइ अन्तराष्ट्र्यि स्तरमा पहिचान गराउँनका लागी पनी आफु लागी परेको हो ।

२     गौरातीको बारेमा केही बताइदिनोहोस न

धेरै बर्ष अगाडी का पुर्खाहरुको भनाइ अनुसार  त्यँहाको डाँडामा रहेको ढुङ्गा थियो । नजीकै रहेको मानीसले पालेको गाइ जहिले पनी राती दाम्लोले बााधेकै ठाँउ बाट हराउँने गर्द थियो । एक दिन गाइ धनीले राती गाइ कहाँ जान्छ भनेर गाइको पछी पछी लागेर हेर्दै जाँदा  डाँडामा रहेको ढुङ्गाको सिधा आफ्नो दुधको थुन राखेर दुध दिएको देखे पछी हल्ला खल्ला भयो ।  त्यसै बेला एकजना मानीसलाइ सुतिरहेको बेलामा भिमसेनले म भिमसेन हो मलाइ गोमाताले राती दुध दिइरहेको अबस्थामा मानीसले देखेको हुँदा मलाइ उक्त स्थानमा  पुजा गर्नु राम्रो हुन्छ भनी गएको बताए पछी राती दुध दिए कारण मानीसहरु जम्मा भएर उक्त स्थानमा खनेर हेर्दा सिलाबाट रगत आए पछी भिमसेन रहेको भनी बिशवासका साथ पुजा गर्न थालीएको भनाइ रहेको छ । त्यसबेला राती दुध दिएको कारण उक्त स्थानको नाम गाइ राती राखिएको थियो । त्यसैलाइ अहिले आएर गौराती मानीदै आएको हो ।

३ यस बर्ष मेलाको लागी कस्तो तैयारी गरिएको छ। 

 हामीले गारौती भिमसेन मेला भर्न आउँने जो कोहीको सुबधिाका लाग िबिगत बर्ष देखी नै गौराती युवा परबिारको नामा बाट मेला भर्न आउँनेलाइ सहयोग गर्दै आएका थियौ । यस बर्ष यो ब्यबस्थालाइ अझ सहयोग गर्नका लागी श्री गौराती भिमसेन बिकाश युवा मञ्चको नामबाट युवाहरको समुह निर्माण गरि मेला ब्यबस्थापनमा सहजीकरणा गर्दै छौ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गौराती बिकाश समाज समेत गठन भइ कार्य  गर्दै आएको छ । उक्त समाजको पनी बैठक बसेर मेलालाइ मर्यादित र सभ्य बनाउँनका लागी  सम्बन्धीत निकायलाइ बिशेष निर्देशन भइ सकेको छ । मेलाको ब्यबस्थाको लागी चौतारासाँगाचोकगढी नगर पालीका, जिल्ला प्रशाशन कार्यलय नेपाली सेना जिल्ला प्रहरी कार्यलय ,जिल्ला स्थित शशस्त्र प्रहरी, नगर सुधार समिती, लगाएतका सबै सरकार ितथा गैर सरकार िसंघ संस्थाहरुको बिशेष सहयोगमा सरसफाइ कार्यक्रम भएको र यसलाइ निरन्तरता दिइरहेको छ । सबारी पर्काीङ्गको ब्यबस्था ,सार्बैजैनिक शौचालय, स्वास्थय शिबीर  सुरक्षाको ब्यबस्था गरिएको छ ।

४ अन्य के के आकर्षकहरु रहेका छन 

 खाश आकर्षण भन्दा पनी  मुख्य गरि  भक्तजनहरुको  बिश्वास हो  गत बर्षहरुमा गरिए जस्तै सास्ँकृत  कार्यक्रमहरु  को पनी आयोजन गरिएको छ । जसमा राष्ट्र्र्यि तथा  स्थानीय कलाकारहरुको बेजोड मनोरन्जनात्मक प्रस्तुती रहने छ । मन्दीरलाइ रंग रोवन गर्न तथा  ब्यबस्थित गर्नका लागी हामीले युवाहरु परिचालन गरेका छौ ।रङ्गरोवनका लागी थापाइन्टर प्राइजेजले निशुल्क रङ्ग उपलबध गराएको  छ ।  मेला भर्न आउने लाइ सुरिक्षत साथ दर्शन गराउँनका लागी प्रशाशनले प्रहरी अस्थाइ पोष्ट नै खडा गरेर बस्ने भएको छ ।

५ अन्त्यमा केही छकी 

 हामी सबै भन्दा पहिले गौराती मेलालइ कसरी ब्यबस्थित गर्ने भन्ने बारेमा छलफल गरेर मर्यादित र अनुशासित ढङ्गबाट मेला सम्पन्न गर्न  सबैलाइ अनुरोध गरिसकेका छौ । यदी  कसैलाइ यस बिषयमा जानकारी नभए  मंसीर ७ गतै जिल्लाकै ऐतीहासिक मेला लाग्दै छ त्यस मेलामा सहभागी हुने सबेलाइ अनुशासित र मर्यादा पुर्बक मेलामा सहभागी भैदिन हुन हार्दीक स्वागतका साथ अनुरोध गर्दछु । साथै मेलाका बारेमा तपाइको लोकप्रिय सञ्चार माध्यमबाट मेरो आफनो भनाइ राख्ने मौका दिनु भएकोमा लोकप्रिय समचारको उत्तरोत्तर प्रगतीका साथै यस मेलाका लागी मन्दीर रंगरोवनका लागी सहयोग गर्नु हुने थापा इन्टर प्राइजेज सरसफाइ ,खानेपानी, सुरक्षा,स्वासथ्य सेवा उपलब्ध गराएर सहयोग गर्नु हुने सम्पुर्णमा हार्दीक धन्यबाद दिदै सहयोगका निरन्तरताका लागी अनुरोध गर्दछौ ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.