लैगिंक हिंसाविरुद्धको अभियान सुरु

“लैंगिक हिंसा र दुरब्यावहार स्छैन हामिलाई स्विकार “ भन्ने मुल नाराका साथ चौतार साँगाचोकगढी नगरपालिकाको आयोजनामा हिजो लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको उद्घाटन वडा नं. १० जल्केनीबाट भएको छ ।
महिला तथा बालबालिकाहरूको मानव अधिकारको संरक्षण गर्न, उनिहरूको सम्मान पुर्वक बाँच्न पाउने अधिकारको सुनिस्चित गर्न तथा विकासको समान साझेदारको रूपमा स्थापित गरि लैंगिक समानता कायम गर्न सक्रिय सहभागी भई अभियानलाई साथ दिनुहुने सरोकारवाला सबैमा नगरपालीकाका उप प्रमुख जानुका पराजुलीले हार्दिक आभार सहित धन्यवाद  दिनु भएको छ ।

उँहाले १६ दिन सम्म चल्ने लैंगिक हिंसा बिरूद्धका विविध सचेतनामुलक कार्यक्रममा र अभियानमा सक्रिय सहभागिताका लागि  नगरपाकिालेसम्पूर्णमा हार्दिक अपिल समेत गर्नु हुँदै उँहाले नगरपालीका भित्र लैगिक हिंसा तथा कसै माथी पनी दुर ब्यबहार हुन नदीनका लागी  सबै नगरबासी एक भएर अगाडी बढ्न पर्ने बताउँनु भएको छ । यसैबीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा शुभारम्भ गरिएको सो अन्तराष्ट्रिय अभियानको काठमाडौंमा एक कार्यक्रमका बीच उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले महिला हिंसा हुनै नदिने गरी महिलाहरुलाई सशक्त बनाउने घोषणा गर्नुभयो । उनले महिला हिंसाका अपराधिलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिनुभयो ।
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसा हुन नदिन वडा तहसम्म सो अभियान संचालन गरिएको स्पष्ट पार्नुभयो । उहाँले महिला हिंसा हुन नदिन सरकारले स्थानीय तहदेखि नै सशक्त अभियान चलाउने योजना अघि सारेको पनि स्मरण गराउनुभयो ।
महिला हिंसाविरुद्धको यो अभियानमा मंसीर २४ गतेसम्म संचालन हुनेछ । यस वर्षको लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको नारा ‘लैगिंक हिंसा र दूव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने तय गरिएको छ । सरकारले यो अभियानमा सहभागी हुन ७ वटै प्रदेश, ७७ वटा जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई आह्वान गरेको छ । सरकारले विक्रम संवत २०५४ सालदेखि लैगिक हिंसा विरुद्धको सो अभियानलाई विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.