जुरेपीडितले सहयोग रकम नपाउने

पाँच वर्षअघि सर्वसाधारणले दिएको सवा दुई करोड सहयोग रकम जुरेपहिरोपीडितले नपाउने भएका छन् । मन्त्रिपरिषद्ले एउटै परिवारलाई भूकम्प र पहिरोपीडितको शीर्षकमा रकम दिन नमिल्ने निर्णय गरेपछि उक्त सहयोग नपाउने भएका हुन् ।
जुरेपीडित सबैजसोले भूकम्पपीडितको आवास किस्ता लिएका छन् । उक्त किस्ता लिनेलाई सरकारी खातामा रहेको थप रकम दिन नमिल्ने निर्णय गरेको छ ।
यसबाट पीडिकै नाममा संकलित रकम सरकारले अन्यत्रै खर्च गर्न सक्ने ढोका खुलेको छरु। पीडितको राहतका लागि ५ वर्षअघि सर्वसाधारण र क्षेत्रबाट आफूखुसी दिएको २ करोड २४ लाख ६६ हजार रुपैयाँ सरकारी खातामा रहेको छ । मन्त्रिपरिषद्को निर्णय जिल्ला विपद् व्यवस्थापनलाई जानकारी गराइएको छ ।
विपद् व्यवस्थापन समितिकोे बैठकले भने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न सम्बन्धित गाउँपालिकाको राय माग्ने निर्णय गरेको छ । २०७१ साउनमा सुनकोसी थुनिने गरी गएको पहिरोमा ३१ जना स्कुले बालबालिकासहित १ सय ४५ जनाले ज्यान गुमाएका थिए । त्यतिबेला सर्वसाधारणले पीडितको नाममा घटनास्थलमै गएर उक्त रकम दिएका थिए । दाताले दिएको रकम एकमुष्ट जम्मा गरी वितरण गर्ने उद्देश्यले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले गृह मन्त्रालयको अनुमतिमा बैंक खातामा राखेका थिए ।
उक्त रकम अहिलेसम्म वितरण नगरी भूकम्पको किस्तामा जोडिएको छ । आफ्नो नाममा सर्वसाधारणले दिएको रकम सरकारले हडपेको गुनासो पीडितको छ । सरकारले भने दोहोरो सुविधा लिन नपाउने भन्दै पीडितको नाममा संकलित रकम वितरण गर्न अस्वीकार गर्दै आएको छ ।
पहिलो प्रभवित क्षेत्र बलेफी गापा ८ का अध्यक्ष चरिबहादुर तामाङले पीडितको नाममा उठेको सबै रकम वितरण गर्नुपर्ने माग गरेका छन् । उक्त रकम प्राप्त भएका एकीकृत बस्ती बनाउने योजना रहेको दाबी उहाँले गर्नुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.