सम्मेलनको तयारी अन्तिम चरणमा

सिन्धुपाल्चोक जिल्लाकोे मेलम्ची नगरपालिका–९ स्थित गुफाडाँडामा यही पुस १५ १६ र १७ गते जलबायु परिबर्तन बारे राष्ट्र्यि सम्मेलन हुँदै छ । जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा  हुने जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

देशको सतहत्तरवटै जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख, सम्बन्धित मन्त्रालयका अधिकारी, जलवायु परिवर्तन विज्ञसहितको उपस्थितिमा आयोजना हुनलागेको  हो ।उक्त सम्मेलनले जलवायु परिवर्तनबाट हुने प्रभाव न्यूनीकरण गर्न साझा घोषणापत्र जारी गर्नेछ । सम्मेलको प्रचार प्रसारको काम तिव्र रुपमा अगाडि बढेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक जिल्ला बाट प्रमुख उप प्रमुख , एक जना सदस्य सहित ३ जनाको उपस्थिति रहने छ । सम्मेलनमा सहभागि हुनका लागि १५ गते ११ बजे सुन्दरी जलबाट सुरुङमार्ग हुँदै काउलेदोबान निस्कने योजना रहेको छ । सम्मेलन हुने स्थान गुफा डाँडामा जाने मोटरबाटो खन्ने, धारा पानिको ब्यबस्थापनका साथै चउर सम्याउने काम भइरहेको तामाङले बताउनुभयो । सम्मेलनलाइ १६ गते दिउसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ । सिन्धुपाल्चोक जिल्लामा हुन लागेको यो सम्मेलनले जिल्लाको पर्यटन बिकाश हुनका साथै सिन्धुपाल्चोकको  पहिचानका लागी ठुलो मद्धत पुग्ने  हुँदा यसका लागी सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न पर्ने सरोकार वालाहरुले बताएका छन ।
यस सम्बन्धमा  जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरेर प्रचार प्रसारको शुरुवात गर्ने तैयारी समेत गरिरहेको छ । जिल्ला सम्मन्वय समितीले युवराज पुरीको संयोजकत्वमा प्रचार प्रसार समिती समेत गठन गरेको  जिल्ला सम्मन्वय समितीका सचिबालयका कृष्ण ढकालले जानकारी गराउँनु भएको छ । 

,
Lokpriyasamachar@. Powered by Blogger.