चौतारा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका चौतारा स्थित चौतारा अस्पतालले निःशुल्क स्वास्थ्य शिबीर गरेको छ ।
एचआइभी जाँच गराऔ, आफनो अवस्था थाहा पाउँ भन्ने मुल नाराका साथ देशै भरि मनाइएको ३१ओ बिश्व एड्स दिबसका अबशरमा शनिबार बिदाको दिन अस्पतालमा शिबिर सञ्चालन गरिएको हो ।
नेपाल सरकारका सरकारी अस्पतालहरुमा निशुल्क एचआइभि रोगको परिक्षण गरिने ब्यबस्था मिलाइएको भएता पनी यो दिबशको अबशरमा चौतारा अस्पतालले बिशेष शिबिर सञ्चालन गरेको थियो । अस्पतालका डाक्टर पोमावती थापाको बिशेष सक्रियातामा उँहाकै नेत्रुत्वमा भएको शिबिरमा ५१ जना महीला तथा पुरुषले रोग परिक्षण गरेका थिए ।
परिक्षण गरिएको  कसैलाई पनि एचआइभि सम्बन्धी  कुनैपनि लक्षण देखिएको  थिएन । चौतारा अस्पतालको सहयोग र नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकको संयोजनमा उक्त शिविर सम्पन्न भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.