लामपातेको साधारण सभा सम्पन्न

सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढि नगरपालिका ५ नम्बर वडास्थित लामपाते सामुदायिक वन उपभोक्ता समुहको  साधारण सभा सम्पन्न भएको छ ।
समूहका अध्यक्ष मैति लामाको सभापतत्विमा साभारण सभा तथा अधिवेशन भएको हो । अधिवेशनले नेत्र वहादुर घलेको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति समेत चयन गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सव डिभिजन वन कार्यालय चौताराका प्रमुख एवम् सहायक वन अधिकृत हेमचन्द्र महतोले सिन्धुपाल्चोकबाटै सामुदायिक बनको अवधारणा लागु भएकोले देशभरी नै यसले प्राथमिकता पाएको बताउनुभयो ।
उहाले वनको संरक्षण गरेर समुदायले आयआर्जनमा समेत सहजता बनाएकोमा खुशी ब्यक्त गर्दै समुहमा गरेका कामहरु प्रायः सबै सफलता उन्मुख भएको बताउनुभयो ।
साधारण सभालेआर्थिक प्रतिवेदन तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालू आ.व. मा सञ्चालन गरिने कार्यक्रमहरुको योजना तर्जुमा गर्दै सम्पन्न भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.